Tag Archives: Sajha Sawal

BBC Sajha Sawal Episode 306: National ID Card

“तपाईंसँग परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, प्यान नम्बर लगायतका धेरै खालका कागजातहरु हुन सक्छन । थरी थरीका यस्ता कागजातहरुलाई केन्द्रिकृत गर्न भनेर राष्ट्रिय परिचयपत्र बनाउन सरकारले काम थालेको नै ३ वर्ष हुन लाग्यो । नागरिकको धेरैजसो गतिविधिलाई नियाल्न सक्ने भनिएको राष्ट्रिय परिचयपत्र कस्तो बन्नेछ? साझा सवालको यो भागमा हामीसँग नेपाल सरकारका पूर्वसचिव … Continue reading BBC Sajha Sawal Episode 306: National ID Card

Sajha Sawal Episode 303: What can we learn from Army Integration?

“माओवादीका करीव १४ सय पूर्व लडाकाहरू नेपाली सेनामा प्रवेश गरेपछि नेपाली सेनामा लडाकूको समायोजन प्रक्रिया विधिवत रूपमा पुरा भएको छ । अव सबै पूर्व लडाकू नेपाली सेनाको ‘राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय’ अन्तर्गतको खटिनेछन् । नेपालीहरूले नै विकास गरेको नेपाली किसिमको शान्ति प्रक्रिया भनिएको ‘लडाकुदेखि सेनासम्म’ को समायोजनबाट नेपालीहरू र विश्वले कस्तो पाठ सिक्न सक्छ? … Continue reading Sajha Sawal Episode 303: What can we learn from Army Integration?

BBC Sajha Sawal Episode 302: What Voters Want to Know?

“सार्वजनिक खपतका लागि बोलिने नेताका बोली सुन्दा लाग्छ चुनाव मंसीर ४ मै हुन्छ । तोकिएको समय अर्थात् मंसीर ४ गते संविधानसभाको अर्को निर्वाचन गर्ने हो भने त्यसका लागि अव ३ महिनाको समय पनि बाँकी छैन । चुनाव होला वा नहोला भनी राजधानीमा राजनीतिक दल, तिनका नेता र कार्यकर्ताबीच रस्साकस्सी चलिरहदाँ मतदाता भने नेताबाट के जान्न … Continue reading BBC Sajha Sawal Episode 302: What Voters Want to Know?

BBC Sajha Sawal Episode 300: Fraud in Health Check-up of Migrant Nepali Workers

देशको अर्थतन्त्रको एक चौथाई हिस्सा विदेशमा काम गर्नेहरुले पठाएको पैसा अर्थात् रेमिट्यान्सले धानेको छ । गाउँका प्रत्येक जसो घरको कम्तीमा एकजना सदस्य खाडी मुलुक, कोरिया वा मलेसिया जस्ता देशमा कामका लागि गएकै भेटिन्छन । जसरी हुने खाने घरका लागि छोराछोरी युरोप, अमेरिका वा अष्ट्रेलिया जानु गौरवको कुरा हुन्छ, सामान्य परिवारका लागि खाडी मुलुक वा कोरिया … Continue reading BBC Sajha Sawal Episode 300: Fraud in Health Check-up of Migrant Nepali Workers

BBC Sajha Sawal Episode 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming

“चरा र कुखुरामा हुने बर्ड फ्लु मान्छेमा सर्ने डरले सरकारले राजधानीसहित केहि जिल्लाहरुमा कुखुराको मासु वेचविखन र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । कुखुराको मासु मात्रै महिनाको करिब ३ अर्व रुपैयाँ बराबर कारोबार हुने कुखुरा पालन व्यवसायको भविष्य के होला? विगत ३ सातामा ठाउँ ठाउँमा बर्ड फ्लु संक्रमणका खवर आएपछि राजधानी र वरिपरि कुखुराको मासु ओसारपसारमै … Continue reading BBC Sajha Sawal Episode 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming

BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women

“बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ । यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ । यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज … Continue reading BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women

BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution

“सरकारले बजेट ल्याएपछि राष्ट्रपतिदेखि सहयोगी कर्मचारीसम्मले बढेको तलव र भत्ता पाउने भए। तर, कर तिर्ने करदाता र अरु सर्वसाधारणले के पाउने भए त? यो वर्षको बजेटमा शिक्षालाई ८० अर्ब, स्वास्थ्यलाई ३३ अर्ब ६९ करोड, कृषिलाई २१ अर्ब ४० करोड रकम छुट्याइएको छ । यसरी छुट्याइएको रकम किसानको हातसम्म कसरी पुग्छ त? साझा सवालको यो छलफलमा … Continue reading BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution

BBC Sajha Sawal Episode 294: Food Adulteration

“खानेकुराको स्वच्छता र शुद्धता नियमन गर्ने सरकारी निकायले पछिल्लो पटक गरेको बजार अनुगमनमा खाने तेल, पानी र दूधमा सबभन्दा धेरै समस्या रहेको देखाएको छ । बजारबाट किनेर खाने तेल, दूध, पानी र अन्य खानेकुरामा तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ? प्रत्येक नागरिकले हरेक दिन प्रयोग गर्ने खानेकुरा किन गुणस्तरीय हुन सकेन होला? सरकारी कमजोरी वा व्यापारीको … Continue reading BBC Sajha Sawal Episode 294: Food Adulteration

BBC Sajha Sawal Episode 293: Would You Vote in Upcoming Election?

“चुनावका लागि भनेर गैरदलीय सरकार बनेको ३ महिना पछि बल्ल चुनावको मिति त घोषणा भयो तर मंसिर ४ मै चुनाव हुन्छ भन्नेमा अझै कतिले शंका व्यक्त पनि गर्छन् । राजधानीमा चुनावको मिति घोषणा त भयो तर मतदाता चुनावप्रति कति उत्साही छन् त? मंसिर ४ मा हुने भनिएको संविधानसभाको अर्को चुनावमा तपाईं भोट हाल्नुहुन्छ कि हुन्न? … Continue reading BBC Sajha Sawal Episode 293: Would You Vote in Upcoming Election?

BBC Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?

“६० मेगावाटबाट ९० मेगावाटमा क्षमता विस्तारको निर्णय गरिएको त्रिशुली ३ए फेरि ६० मेगावाटमै फर्कियो । यो त एउटा उदाहरण मात्र हो । हरेक ठूला विद्युत परियोजना निर्माणको कुरा सुरु हुनासाथ किन विवाद हुन्छ? समस्या राजनीतिक दलमा, तिनका युनियनमा, विद्युत प्राधिकरणमा या ठेकेदारमा कहाँ छ? सधै विवादको घेरामा पर्ने ठूला लगानीका परियोजनाहरु र जलविद्युत परियोजना निर्माणमा … Continue reading BBC Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?

BBC Sajha Sawal Episode 291: Student Politics in University

संविधानसभा चुनावको पूर्वाभ्यास को रुपमा समेत हेरिएको स्ववियू चुनाव अव हुने वा नहुने दोसाँधमा छ । कतिपयले चार वर्षपछि हुन लागेको स्ववियू चुनाव यसपटक पनि हुन सक्दैन भन्न थालिसकेका छन् । नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झडप जस्ता गतिविधि बढ्न थालेपछि स्ववियूको औचित्यमाथि पनि प्रश्न उठाएका छन कतिले । विश्वविद्यालयमा अहिलेको … Continue reading BBC Sajha Sawal Episode 291: Student Politics in University

BBC Sajha Sawal Episode 290: Entrepreneur Nepali in Qatar

“विदेशमा, अझ त्यो पनि खाडीमा काम गर्न जाने नेपाली भन्नासाथ धेरैले अत्यन्तै शारिरीक मेहनत पर्ने, चर्को गर्मीमा काम गर्ने र कम कमाउने नेपाली भन्ने सम्झिन्छन् । तर खाडीमा कति नेपाली यस्ता पनि छन् जसले उदाहरण प्रस्तुत गरेका छन् । केहीले काममा सफलता प्राप्त गरेका छन्, व्यवसायमा हात हालेका छन् र उद्यमशील बनेका छन् । साझा … Continue reading BBC Sajha Sawal Episode 290: Entrepreneur Nepali in Qatar

BBC Sajha Sawal Episode 289: Aviation Safety in Nepal

मुस्ताङको जोमसोममा १५ जनाको ज्यान जाने गरी अग्नि एअरको जहाज दुर्घटना भएको ठ्याक्कै एक वर्षपछि गत जेठ १ गते फेरि जोमसोममै नेपाल एअरलाईन्सको जहाज दुर्घटना भयो । त्यस्तै, सात महिना अघि राजधानीकै एयरपोर्ट नजिकै मनोहरा खोलामा सीता एअरको जहाज दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । यातायातमा सबैभन्दा सुरक्षित मानिने हवाई यात्रा नेपालमा किन … Continue reading BBC Sajha Sawal Episode 289: Aviation Safety in Nepal

BBC Sajha Sawal Episode 288: Prospects of Tourism in Nepal

पर्यटन क्षेत्रमा देशको लगानी र त्यसले दिने प्रतिफलका बारेमा सोलुखुम्वुमा तयार गरिएको यो साझा सवालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बालकृष्ण घिमिरे, ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापा र पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठ हुनुहुन्छ ।

नेपालमा सूचना प्रबिधिको बिकास बारे बहस – Information Technology and Prospects in Nepal

बीबीसी साझा सवाल को १६८ औ अंकमा नेपालमा सूचना प्रविधिको बिकासका बारेमा छलफल गरिएको छ । छलफलको बिषय संक्षेपमा देशको कुल जनसंख्याको करिव ३१ प्रतिशत अर्थात ८७ लाख नेपालीको हातमा मोबाईल सेट पुगिसकेकोछ। रोजगारीका लागि विदेश जानेहरु घरमा रहेकाहरुसँग अनलाईनमा कुरा गर्न रुचाउँछन। सरकार ई-गभर्नेन्स अर्थात विद्युतीय सरकारको कुरा गर्छ भने बिज्ञहरु नेपालमै बसेर विदेशको … Continue reading नेपालमा सूचना प्रबिधिको बिकास बारे बहस – Information Technology and Prospects in Nepal