बहुपति प्रथा, हलिया राख्ने चलन, विरामी हुँदा श्रीमान् नभएर पाउन नसकेको उपचार, गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने मुखियाको निर्णय अनि ३ किलोमिटर मात्र गुड्ने सदरमुकामको एउटा मात्र गाडी। यस्तै यस्तै हुम्लाको खवर समेटिएको साझा सवाल हेर्नुहोस्।
हिमाली जिल्ला डोल्पाका उकाली ओराली समेटिएको अनि डोल्पालीका घर आँगनमा देखे-सुनेका सुख दु:खका कुरा साझा सवालमा
जम्मा ५० हजार जनसंख्या रहेको हुम्लामा जडिबुटी, पर्यटन र जलस्रोतको अपार सम्भाना छ भनिन्छ तर जहिल्यै गरिबी र अभाबको विम्ब बनिरहेकै छ हुम्ला । को हो त हुम्ला विकासको बाधक ? के छन् त राजनीतिक दलका नेताको हुम्लालाई समृद्द बनाउने योजना ?
डोल्पाको सदरमुकाम दुनैमा नेपाली कांग्रेसका पूर्वसाँसद दुधकुमारी हमाल, नेकपा एमालेका केन्द्रिय सदस्य हंशबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का रामलाल विश्वकर्मा र उपल्लो डोल्पाबासी आङबहादुर लामासँग विकासबारे गरिएको बहस ।
विदेशमा रगत-पसिना बगाएर कमाएको पैसा आफ्नै गाउँठाउँको सडक, शिक्षा, स्वास्थ्यमा लगाउने प्रवासी म्याग्देलीहरुको कथा यो साता साझा सवालमा।
दुधकोशीमा स्थायी पुल बन्नेकाम पुरा नहुँदा खोटाङवासीले हिउँदमा पनि राम्रोसंग मोटरमा यात्रा गर्न पाएका छैनन् । बन्दै गरेको मध्यपहाडी लोकमार्गको अवस्था पनि उस्तै छ ।
आधि अधुरो पुल बनाईमाग्न सडक विभाग घेर्न पुगेका सांसद प्रहरीको कुटाइ खाएर फर्के । जिल्ला अस्पतालको ६ ट्रयाक्टर सामान २६ हजारमा लिलाम गरे । बिरामीको उपचार गर्ने अौजार उपकरण छैन । कोहि खरेडीको मारमा परेका छन् त कसैलाई पिउने पानी छैन । बल्लतल्ल पाएको खानेपानीको योजना पानीको मुहान ILO 169 ले रोकिदियो रे । यस्तै छ पुर्वी पहाडी जिल्ला खोटाङको दु:ख ।
मानव विकास सुचकांकमा देशका पचहत्तर जिल्लामध्ये सबैभन्दा पुछारमा रहेको बाजुरामा रेकर्ड गरिएको साझा सवालको बहस ।
कर्णाली कति फेरियो ? कति फेरिन बाँकी छ ?
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सत्य पहाडी, नेकपा एमालेका सांसद तुलाराज विष्ट र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुशन्धान केन्द्रका कार्यकारी निर्देशक मीनबहादुर शाहीसंग कालीकोट सदरमुकाम मान्ममा गरिएको बहस ।
Connecting Global Nepali Speaking Communities