संविधान आएको एकवर्ष पुग्दानपुग्दै मुलुकले दुईवटा सरकार पाइसक्यो । संविधान र सरकारसँग नागरिकको अपेक्षा चाहिँ के छ त ?
सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री राम कार्की, सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्ण र नेकपा एमालेका सचिव गोकर्ण बिष्टसँग सहभागीहरुको बहस ।
संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो । नेपालमा संविधानसभामार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको हो । विश्वका अभ्यासहरुलाई हेर्दा संविधान निर्माणको उद्देश्यहरु एउटै पाइदैनन् l राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ ।
Connecting Global Nepali Speaking Communities