शेरे ः आई लभ यू, तिमीभन्दा राम्री यो दुनियाँमा कहीं पनि देखेको छैन
युवती ः साँच्चै ?
तिम्रो पछाडी उभिएकी भन्दा पनि राम्री छु ?
शेरेले हत्तपत्त पछाडी फर्किएर हेर्यो, तर त्यहाँ कोही पनि थिएन)
युवती ः -रिसाउँदै) यदि तिमीले मलाई साँचो माया गथ्र्यौ भने पछाडि फर्किएरै हेर्ने थिएनौ नि, त्यसैले आई हेट यू।
शेरे ः ठीक छ, तिम्रै खुसी गर, तर मेरो डायमन्डको रिंग पो खेर जाने भयो नि ।
युवती ः अरे मेरो राजा म त जोक्स पो गर्दै थिए त रिसाइहाल्नुपर्छ ?
यति भन्दै युवतीले रिंगको बक्स खोलेर हेर्छे तर बक्स त खाली ।
शेरे ः यदि तिमीले पनि मलाई साँचो माया गथ्र्यौ भनें भेरिफाई नै गर्ने थिएनौ नि, आइ हेट यु।