किरिंग किरिंग
दुइ ओटा पुरै घन्टी गए पछि उनले बल्ल फोन उठायिन । सुस्केरा हाल्दै के छ भनिन ।
आज किन थकित स्वोर !
तिम्लाई थाहा नै छ नि मेरो बिजी स्केडुल ; क्याम्पस, प्राक्टिकल घर पढाई , केके केके , तिम्रो कस्तो छ ?
मेरो के हुनु , कलेज को १२ क्रेडिट चल्दै छ , हिजो एउटा काम को लागि साउ भेट्न गएको थे , पेपर चाहियो रे ! भोलि एउटा साथी को काम मा बोलाको छ , हेरम ।
अ ल गुड लक !
*************
यो मेरो दिन चर्या , आएको ६ महिना भयो काम कतै मिलेको छैन , कोसिस चल्दै छ ।
नेपाल बाट ऋण खोजेर ल्याएको पैसा बाट गुजारा चल्दै छ ।
उनि संग मेरो नाता के हो , मलाई थाहा छैन , मैले साथी भन्दा धेरै माथि उनलाई राखे , उनले मलाई कहा राखिन सोध्न नपाउदै म बिदेसिए । हाम्रो एउटा साधारण भेट एउटा हेल्लो बाट सुरु भएर आज दैनिकी मा परिवर्तन भयो । येहा सम्म पुग्न धेरै समय लग्यो , दिन को हैन ! दिन त के हो एउटा सुर्य उदाउछ अनि अस्ताउछ , तेस्लाई हामी दिन भन्छौ तर तेइ दिन को बीच मा के के हुन्छ तेस्ले धेरै फरक पार्दो रैछ । एउटा सूर्या उदाउञ्झेल र अस्ताउझेल को बीच मा के के हुन्छ तेस्ले त्यो दिन कति लामो र कति छोटो दर्साउदो रैछ । हामि कतै मोज मस्ती गर्न गएउ भने त्यो दिन एक पल मा बित्छ , काम गर्न पर्दा तेइ दिन एक युग लाग्छ । उनलाई मैले थोरै सुर्यास्त र सुर्योदय बीच मा धेरै पटक को कोसिस मा असल मित्र मा परिवर्तन गरेको थिए ।
आमा बा संग ५० बहाना गरि मागेको रुपैया मैले उनलाई खर्चे , SMS , फोन , इमेल खै केके केके । येसरी हाम्रो समन्ध एउटा अपरिचित बाट प्रगाड हुदै एउटा दैनिकी बन्न पुग्यो ।
साथी दुइ किसिम का हुन्छन एउटा साथी अर्को तपाइँ को दैनिकी साथी । साथी पार्टी मा आउछ दुख सुख मा संगै हुन्छ , भेट घाट हुन्छ र तेसरी नै चल्दै जान्छ , मेरो कैयोउ साथी छन् जो संग मेरो कैले काइ बात हुन्छ , कैले काइ भेट हुन्छ । समन्ध राम्रो छ तर हामी दिन दिने एक अर्का लाइ भेट्ने,बोल्ने, कुरो साट्ने गर्दैनौ । उनि मेरी दैनिकी थिन । पैसा भएको बेला फोन गरेर घन्टौ बेली बिस्तार लगयिन्थो , र नभएको बेला मा SMS मा काम चलाउन पर्थो । समन्ध नाप्ने कुनै मेसिन मानिस ले बनाएन होला बनाएको भए हामी ले सबै समन्ध पार गरेको थियेउ , भावनात्मक रुप मा । म तेती जान्ने नभए पनि उसको गुरु बन्थे , कैले बाउ बनेर कराउथे , कैले नोकर भनेर उनले भनेको काम खुरु खुरु गर्थे । उनले आफ्नो बाट मलाई उस्तै बेबहार गरिन , कैले मेरो दिदि झैँ करायिन कैले गुरु झैँ सिकाइन । भौगोलिक रुप मा हाम्रो घर टाडा भएको ले खासै भेट हुन्न ठो , तर एक अर्का संग संगै बसेर मात्र धेरै नजिक बन्न सकिन्छ भन्ने कुरा को हामि अपबाद थिएउ । २ वर्ष को भेट घाट मा हामीले औला मा गन्ने गरि भेटेउ होला । तर पनि कुनै दिन एस्तो रहेन कि उनि म संग नभएको आभास मलाई नहोस , उनि म संगै थिइन ।
हामी बिच सबै कुरा भए , यौन बाहेक , सायद त्यो एउटा मर्यादा को सिमा रेखा थियो , जुन मैले कैले नागिन , र उनि त घर को सुशील छोरि , आमा बाउ को प्यारी , उन्ले नाग्ने त कुरै भएन । उनि मलाई भन्ने गर्थिन कसरि होस्टेल मा केटि हरु बिएर को नशा मा झुमेर नाच्दै गर्दा उनि डाएरी मा मग्न हुन्थिन । हरेक समन्ध मा एउटा हसी मजाक को पाटो नि हुन्छ , जहाँ सम्म मलाई लाग्छ त्यो भएन भने समन्ध दिगो हुन्न , हामी कसै लै भेट्छौ हाइ हेल्लो हुन्छ के छ कसो छ हुन्छ अनि २ मिनेट मा कुरा सकिन्छ । तेस्लाई लम्ब्याउने हो भने एक किसिम को रमाइलो हुन पर्छ , नत्र समन्ध तेही सकिदो रैछ । मैले उनलाई कति कुरा मा उडाए , कति मा उन्ले उडाईन , हामि ले नेपाल मा के भो भने विकास होला भनर कुरा गरेम , शाहरुख को नया फिल्म मा कहाँ गल्ति भो के भाको भए राम्रो हुन्थो भनेर आफै कथा बनयॆउ । समग्र मा भन्न पर्दा हाम्रो मित्रता सबै कुरा ले भरि पूर्ण थियो !
*************
मनै त हो , थाहै नपाई मेरो मन मा उनि प्रति प्रेम को भावना पलाएछ , सायद पैले देखि थियो कि मलाई थाहा छैन , प्रेम भनेको फिलिम को पर्दा मा मात्र देखेको मलाई प्रेम के हो कसो हो के थाहा । उनि संग घन्टौ कुरा साट्दै बस्नु , उनको SMS को प्रतिक्ष्या गर्नु , उनको लामो इमेल को लामो उत्तर दिनु मेरो दिन चर्या थियो । उन्को एउटा SMS मेरो तनाब पूर्ण दिन बाट मलाइ राहत दिन्थो । म उसको परानो SMS हेर्दै घन्टौ हराउथे । आमा ले तेरो मोबाइल किन फुट्दैन भनेर सरापी रहनुहुन्थो । म आफ्नै धून मा मस्त थिए । म सायद प्रेम मा थे !
******
भाग्य कसैले कैले देखेको हुन्न , मै हु भन्ने जोतिस पनि ढोंगी हुन् भन्ने देखियो । आज पानी पर्छ , भोलि पर्दैन भनेर भविस्यवानी गर्ने हरु हरेक पल झुट भएको हामीले देखेका छौ । मलाई बच्चा मा जोतिस लाइ देखाउदा त ठुलो मान्छे बन्छस , सब ले मान सम्मान गर्छन भन्थो , तर जीवन को तीसौ बसन्त पार गर्दा सम्म मलाई मै आफै ले सम्मान गर्न सकेको छैन ; अरु ले के गर्लान खै । भाग्य ले को खेल , सोच्दै नसोचेको नि हुदो रैछ , म नेपाल मै की गरुला भनेर हुर्किएको एउटा देस प्रेमी आखिर देस छोडेर जानै पर्यो , धेरै नेपालि झैँ । किन कसरि के बाट सोच्ने हो भने म को हु के हु बाट बिस्तार लगाउने पर्ने हुन्छ जुन म आफै लै सम्झिन मन छैन , सत्य येति हो , म बिदेसिए !
******
म बिदेसीदा नेपाल मा संविधान आउने कुरा हुदै थियो । संविधान सभा को चुनाब को माहोल थियो । आन्दोलन मा सहभागी नभए पनि घर को छत बाट आंदोलन कारी लाइ पानी हालेर समर्थन गरियो । सम्पूर्ण नेपाली झै म पनि नयाँ संविधान आउने र नयाँ नेपाल बन्ने कुरेर बसेको थिए ।
******
आउने बेला मा मैले उनलाई स्वप्न बगैचा मा भेटेको थिए । हाम्रो समन्ध धेरै जसो हासो मै बितेको थियो , म उनलाई बार सत्तैइस कुरा गरेर हसौथे , त कैले कुनै फिलिम को कथा सुनाउथे । र आइले समझदा लाग्छ उनले मलाई सहेकी सहिछिन । म आफै ले आफै लाइ झेल्न सक्दिन झैँ लाग्छ, मेरा मिल्ने मित्र हरु भन्ने गर्थे त जस्तो पकाउ मान्छे कोइ छैन ! तर उनि कैले पाकिनन , खै मलाई किन हो जैले सुन्थिन , धेरै बेर सम्म ! तेसै ले मलाई उनि प्रति तानेको हो कि !
मैले उनलाई म जादै छु भनेर सुनाए , उनि चुपो लागिन । मैले अगिल्लो दिन उनलाई फोन मा भनेको थिए आफ्नो भिसा लागेको कुरा , मैले राखे है भने पछि , मैले उता धेरै बेर कोइ सुक्क सुक्क गरेको सुने , उनको फोन राख्दा रातो बटन नथिचने बानि ले मलाई उनि मा बिदेसिनु मा कति दुखि छिन् भनेर छर्लंग देखायो ! रोटि एक तर्फ बाट मात्र पाक्दैन , मैले मात्र जबर्जस्ति मेरो मित्रता उनि माथि लादेको थिईन । उनि पनि म प्रति तेती नै जोडिएकी थिईन । उनको कुकुर को नाम क्रिस्टिना देखि उनको बाल्य सखा देबी संग को रमाइलो कथा पनि मलाई थाहा थियो । मैले उनलाई राम्रै संग चिनेको थिए ! र अबस्य उनले मलाई चिनेकी थिईन ।
म जाने कुरा ले उनि उदास थिईन तर उनि ले त्यो देखईनन , उनलाई थाहा थियो उनि उदास भईन भने म कति बेचेन हुन्छु भनेर । एक पटक उन्ले सामान्य बिबाद मा फोन नउठाउदा म रात को १ बजे उन्को होस्टेल मा पुगेको थिए , उन्ले तल आएर ये बाबा म रिसाको छैन भनेर नभने सम्म म तेही बसेको थिए , बिहान ६ बजे सम्म !
उन्ले मलाई हास्दै भनिन अब कैले फर्किन्छौ त ?
पढाई सकेर होला नि , खै हेरम !
कि संविधान आए पछि , उन्ले हास्दै भनिन ।
त्यो नि हो है , मा संविधान आए पछि आउछु अनि हामी बिहे गरम्ला !
के रे !
हाहा जोक गरेको , मैले कोइ पाउदिन र यो संसार मा तिमि संग बिहे गर्न ।
हेरौला म पनि , ल हामी संविधान आए पछि भेट्ने है त !
तेस पछि हामी नजिकै को Java मा छिरेर खाजा खायेउ र एक अर्का संग सधै सम्पर्क मा रहने कसम खाइ टाढिएउ । त्यो पल कति कठिन थियो मलाई सोच्न नि मन छैन । येउटै देस ठाउ मा हुनु, संगै उठ्नु , घाम संगै उदाउनु र अस्ताउनु कस्तो हो र फरक भए पछि के हुन्छ मलाई राम्रो संग थाहा थियो ! फेरि एउटा एस्तो ठाउ जादै छु जुन देस को समय नै उल्टो छ ! म उठ्दा उनि सुत्छिन म सुत्दा उनि उठ्छिन ! अब कसरि ताल मेल मिलाउने थाहा थिएन ।
*********
आएको ६ मैना सम्म मैले उनलाई नेपाल बाट ल्याएको पैसा ले फोन गरि रहे । उन्ले लामो कुरा नगर पैसा छैन , इमेल गर भनेर फोन कम हुदै गयो ! कलेज को लाइब्रेरी मा घन्टौ बसेर उनलाई इमेल गरे, धन्य होस त्यो लाइब्रेरी को राति १२ बजे सम्म खुल्थो । बिहान कक्ष्या भए पनि राति सम्म बसेर उनि संग कैले काइ चाट पनि गरियो ! अन्तत मैले जे सोचे थे , तेइ भयो , उन्ले पढाई पुरा गरिन , काम गर्न सुरु गरिन , बिस्तारै हप्ता मा एउटा इमेल बाट मैना मा एउटा हुदै गयो ! र अन्तत बन्द भयो त्यो मिठो श्रीन्खाला ।
संविधान आए पछि नेपाल जाने र उनलाई भेट्ने एउटा हासो मात्र को कथा थियो । न कैले संविधान आयो न म कैले फर्केर गए , धेरै पछि थाहा पाए उन्ले बिहे गरिछन , मलाई निम्तो पनि गरिनन् , जिन्दकी भर साथी बन्ने कसम खाएका हामि ले एक अर्का लै जिन्दकी को महत्तो पूर्ण घडी मा नि सम्झेनम ।
र अन्तत संविधान आयो , तर धेरै ढिला ।