मध्य दिन शनिबारको रहर खुशीयलीको
लीला हेर दैवको दशा सम्पूर्ण नेपालीको
कहालीलाग्दो दिन रैछ मडारियो कालो आकाश
निस्सासिय नेपाली जनता देखियो सबमा हताश
धर्ती फाट्यो भवन ढल्यो देश भयो धुलोमैलो
उजाडियो क्षणभरमा कैयौं नेपालीको घरदैलो
बाँकी रहेन बिनाशको गती मठमान्दिर नि भात्कियो
आफ्नै आँखा अगाडी हेर कति आमाको कोख रितियो
त्राहीत्राही दिन बन्यो चिन्ता निराशा छाईरह्यो
पलपलको कम्पन सँगै शोकको गती बढीरह्यो
बास भयो सडकको भोका अनि नाँगा भए देशबासी
खोक्रो भयो हाम्रो देश गुन्जियो घरघरमा रुवाबासी
आवश्यक छ नेपाल आमालाई सहयोगका हातहरु
हातेमालो गरी बढाऔँ है अब शान्त्वनाका खातहरु
मलम लगाऔं दुखी मनमा उद्धारको भाव कायम रहोस्
श्रद्दान्जली अर्पण ति आत्मालाई सकभर स्वर्गबास मिलोस्
कविता : सुनीता श्रेष्ठ