Category Archives: Stuff We Like

Posts favorited by contributers.

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संगको छोटो अन्तरवार्ता

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग छोटो अन्तरवार्ता दिएका थिए | उनले यहि जुलाई ४-६ सम्म ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो नाम गिनिज पुस्तकमा लेखाउने र बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने संदेश बिश्वलाई दिने भनेका छन्| धन्यबाद विजय थापा, भर्जिनिया ,अमेरिका

BBC Sajha Sawal Episode 288: Prospects of Tourism in Nepal

पर्यटन क्षेत्रमा देशको लगानी र त्यसले दिने प्रतिफलका बारेमा सोलुखुम्वुमा तयार गरिएको यो साझा सवालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बालकृष्ण घिमिरे, ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापा र पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठ हुनुहुन्छ ।

ए एन ए को झन्डा सगरमाथाको शिखरमा

अमेरिकामा स्थापना भएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) अमेरिका कै राष्ट्रिय स्तरको जेष्ठ संस्था हो lअमेरिकन सरकारबाट मान्यता प्राप्त यो संस्थाले हरेक बर्ष अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को शुभ मुर्हतमा उत्तर अमेरिका भरि यत्र तत्र छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै बृहत बार्षिक महाधिवेसन बिगत ३० बर्ष देखि गर्दै आई रहेको छ ।

अंटार्टिका(दक्षिण ध्रुव)मा नेपालीले गल्फ खेले

गल्फ खेल्न मैदान चाहिन्छ तर ईक्षा र चाहना भए हिउ नै हिउले ढकमक्क ,अनकन्टार ,सुनसान हुने महादेश अंटार्टिकामा दूई दशक भन्दा अगाडी अमेरिका पसेका काठमाडौँ बालुवाटार र हाल भर्जिनिया ,साउथ राइडिंग निवासी बिनोद थापाले सम्भवत अंटार्टिकामा गल्फ खेलेर कसैले पनि यस अगाडी नगरेको ईतिहास रच्ने नेपाली भएका होलान भन्ने अनुमान हामीलाई लागेको छ l

नेपाल पद यात्रा- व्यापक सहभागिता साथ सम्पन्न

अमेरिका ,अप्रिल १४ ,अर्थात् नेपाली नया बर्ष -२०७० को शुभ उपलक्ष्यमा वाशिंगटन डिसीको जेफर्सन स्मारकबाट सुरुवात गरिएको नेपाल पद यात्रामा व्यापक सहभागिता तथा उल्लेखनीय आर्थिक संकलन साथ सम्पन्न भएको छ  |