Category Archives: Post

Sajha Sawal Episode 396 – Hope for New Constitution

प्रमूख दलहरुबीच ८ वर्षदेखि मिल्न नसकेका संविधानका विवादित विषयमा भएको १६ बुँदै सहमतिपछि नागरिकमा छिटै नयाँ संविधान आउने आशा जागेको छ । तर यही सहमतिमा टेकेर ल्याइने नयाँ संविधानले नागरिकका अपेक्षा पुरा गर्ला ?

पीडा पोख्दै भूकम्पपीडित नारायणदेवी श्रेष्ठ

एमाओबादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पीडा पोख्दै गोरखाको आरुचनौटे गाबिस–३ आरुटारकी भूकम्पपीडित नारायणदेवी श्रेष्ठ । श्रेष्ठकी छोरी र नातिको भूकम्पमा परेर मृत्यु भएको थियो । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

एक सय वर्ष पूरानो घर

धादिङ तत्कालीन मुरली भन्ज्याङ वडा नं ५ हाल नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको गोविन्द लम्सालको एक सय वर्ष पूरानो घर । गत वैशाख १२ गते आएको भूकम्पमा परी उहाँको घरमा पुगेको क्षति । तस्बिरः रमेश लम्साल, रासस

Google Doodle Celebrates Nepal Republic Day 2015

जेठ १५ नेपालको गणतन्त्र दिवस हो। २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको हो। २०६२/ ०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । २०६४ सालमा चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरिएको थियो ।