Category Archives: Post

Sajha Sawal Episode 402 : Jhalanath Khanal and Kamal Thapa

संविधानको मस्यौदामा नागरिकले दिएका सुझाबहरु कसरी समेटिन्छन् त ? पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापासंग काठमाडौमा गरिएको साझा सवालको बहस ।

Sajha Sawal Episode 401 People question Leaders about Constitution

कन्चनपुरको महेन्द्रनगरमा रेकर्ड गरिएको आजको कार्यक्रममा संविधानको मस्यौदा र दलहरुका अन्य प्रतिबद्धताबारे नागरिकका प्रश्न सिँचाइ मन्त्री एन पी साउद, सभासद् कलसा महरा र एमाले नेता उर्वादत्त पन्तलाई ।

रातभरीको बर्षाले पोखराका बस्तीहरु डुबानमा (भिडियो)

पोखरा उपमहानगरपालिका–१३ स्थित काहु खोलामा भीषण बाढी आएको छ । बाढीका कारण बुडुवा, कमलपोखरी लगायत आसपासका बस्तीहरु डुवानमा परेका छन् । बर्षा नरोकिएको र खोलामा पानीको सतह बढी भएको कारणले त्यहांको नजिकको बजार डुव्न सक्ने त्रासले स्थानीयबासी त्रसित बनेका छन् ।

निवर्तमान कृषिमन्त्री हरि पराजुली: मिडियाले महिलाको अपमान गरे, मैले केही गरेको छैन (भिडियो अन्तर्वार्ता)

निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीले गत आषाढ १५ गते आफूसँग जोडिएको घटनाको समाचार सम्प्रेशन गर्नेक्रममा मिडियाले महिलाहरुको अपमान गरेको बताएका छन् । आषाढ १५ को सो घटनापछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । सोही विषयमा आधारित भएर इमेज संवादमा पराजुलीले आफ्ना कुरा राखेका हुन् ।

मोटरसाइकल नियन्त्रणमा

पैदल यात्रु हिड्ने बाटो छेक्ने गरी मिनभवनमा रोकी राखेका मोटरसाइकल नियन्त्रणमा लिँदै काठमाडौँ महानगरपालिका प्रतिनिधि र ट्राफिक प्रहरी । तस्बिर: रत्न श्रेष्ठ, रासस

यार्सागुम्बा सङ्कलन गर्ने बेला भयो

मेली सामुदायिक वन अन्तर्गतका यार्सा पाटनमा एकैठाँउमा जम्मा गरेर वन खुल्ला गरिएको जानकारी गराएपछि सामूहिकरुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्न जाँदै सर्वसाधारण । यार्सागुम्बा सङ्कलन गर्ने समयमा विभिन्न जिल्लाबाट सर्वसाधारण डोल्पा आउने गर्दछन् । तस्बिर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस ।

जीर्ण बनेको सम्पदाको सहर भादगाउँ

विनाशकारी भूकम्पपछि टेकोमा अडिएर जीर्ण बनेको सम्पदाको सहर भादगाउँ । यहाँका ९० प्रतिशत पुराना घर र सम्पदाहरु टेकोमा अडिएको छ । तस्बिर: रमेश गिरी, भक्तपुर –रासस