Category Archives: Post

Bacheka Manchheharu: Sajha Sawal Episode 428

जुन आफ्नो थियो, त्यो बाँकी रहेन, जे छ, त्यो आफ्नो होइन, पारी जाउँ भीरै भीर, वारी पीरै पीर, टाढाको गाउँमा, डाँडाको बस्तीमा, बाँचेका मान्छेहरु । साझा सवालको एउटा फरक अंक – ‘बाँचेका मान्छेहरु’

हिउँको ढिक्का पगालेर पानी

गोरखाको लाप्राकस्थित गुप्सीपाखामा पानी भर्न लाइनमा गाग्री राख्दै महिला । हिमपातले पानीका मुहान जमेपछि लाप्राकबासी हिउँको ढिक्का पगालेर पानी पिउन बाध्य छन् । हिउँ पग्लन एक हप्ता लाग्ने हुँदा यहाँ पानीको निकै समस्यामा भएको छ । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

गाउँमा कम्प्युटर

म्याग्दीको महेन्द्र माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै बालबालिका । विद्यालयले कम्प्युटर शिक्षा सुरु गरेपछि गाउँका बालबालिकाले कम्प्युटर शिक्षा लिने अबसर पाएका छन् । तस्बिर: कमल खत्री, म्याग्दी, रासस

Sajha Sawal Epi – 426 Women Creating Hopes

नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस । नौ महिना अघि प्रसारित अङ्क पुन: प्रसारण ।

Nepal Chautari: अर्थ मन्त्रालयका अार्थिक सल्लाहाकार डा. गाेविन्द नेपाल

भुकम्प, मधेश अान्दाेलन र नाकाबन्दीले अर्थतन्त्रमा के असर गर्दैछ ?अर्थ मन्त्रालयका अार्थिक सल्लाहाकार डा. गाेविन्द नेपाल