Category Archives: Blog

अधिकारकर्मी डा.विष्णुमाया परियारलाई सम्मान र पाठशालालाई एक लाख नगद प्रदान

भर्जिनिया ,कार्तिक २८,विजय थापा एड्वनकि संस्थापक ,समाजसेवी तथा अधिकारकर्मी केहि दिनको मात्री भूमिको भ्रमण पछि पुन कर्मथलो अमेरिका फर्किएकी छिन् l बिसेष कामले केहि हप्ताको बिदाको चाजो मिलाई नेपाल पुगेकी डा परियारलाई सम्मान कार्यक्रममा समय व्यवस्थापन गर्न भ्याई नभ्याई भएको बताईन l अमेरिकाबाट सोझै राजधानी काठमाडौँ झरेकी परियारलाई काठमाडौँमा सयुक्त रुपमा सम्मान कार्यक्रम गरिएको थियो … Continue reading अधिकारकर्मी डा.विष्णुमाया परियारलाई सम्मान र पाठशालालाई एक लाख नगद प्रदान

साहित्यकारहरु डिसी साहित्य सम्मेलनमा अमेरिका उड्ने तरखर

भर्जिनिया ,कार्तिक २८, विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुने तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पुरस्कारको घोषणा गरेका साहित्यकारहरु बिभिन्न मुलुकबाट पुरस्कार लिन अमेरिका हानिने भएका छन् l हरेक दुई बर्षमा बिभिन्न विधामा पुरस्कार गरिने अ ने सा सले यस बर्ष पनि बिगत केहि महिना … Continue reading साहित्यकारहरु डिसी साहित्य सम्मेलनमा अमेरिका उड्ने तरखर

सिएनएन हिरो बस्नेतको बारेमा बनाइएको वेटिंग फर मामु न्युयोर्कमा

न्युयोर्क, सिएनएन हिरो २०१२ पुष्पा बस्नेतले आफ्ना अभिभावकसंगै जेलमा रहेका बाल बालिकाहरुलाई उद्धार गरेर आमाको रुपमा हेरचाह गरेको कार्यहरुलाई समेटेर तयार पारिएको डकुमेन्ट्री फिल्म वेटिंग फर मामु न्युयोर्कमा प्रर्दशन भएको छ । न्युयोर्क युनिभसिर्टी (एनवाईयु) र ह्वाईट हिमाल टेलिभिजनको संयुक्त आयोजनामा भएको बिषेश प्रर्दशनमा फिल्मका निर्माता सुसान सुरेन्डन र निर्देशक थोमस मोर्गनले फिल्म निर्माण गर्नुको … Continue reading सिएनएन हिरो बस्नेतको बारेमा बनाइएको वेटिंग फर मामु न्युयोर्कमा

डिसीमा नेपाल सम्बत ११३४ – म्हपुजा तथा भिन्तुना साथ सम्पन्न

      डिसीमा नेपाल सम्बत ११३४ – म्हपुजा तथा भिन्तुना साथ सम्पन्न भर्जिनिया ,कार्तिक २४ , विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा बाईस बर्ष अगाडी नेवारी समुदायको संस्कृति ,परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्न स्थापना भएको नेपा पास पुचः अमेरिके ले बाईसौ बार्षिक सभा तथा नेपाल सम्बत ११३४ धुमधाम साथ मनाएको छ l यस बर्षको … Continue reading डिसीमा नेपाल सम्बत ११३४ – म्हपुजा तथा भिन्तुना साथ सम्पन्न

डिसी नेपाली समाजको देउसी भैलोमा ८१ बर्षिय बृद्धले अहोरात्र देउसी खेले

भर्जिनिया ,कार्तिक २२ , विजय थापा , अमेरिकाको डिसी महानगर क्षेत्रमा संस्कृतिको रक्षा गरौ भन्ने मूल उदेश्यको साथ स्थापना भएको डिसी नेपाली समाजले २०७० साल को दीपावलीको पुनित शुभ अवसरमा देउसी भैलो कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l संस्थाका अधक्ष्य अरुण रुपखेतिको पहल तथा भर्खर नेपालवाट आउनु भएका वहाका ८१ बर्षिय पिता हृदय राज … Continue reading डिसी नेपाली समाजको देउसी भैलोमा ८१ बर्षिय बृद्धले अहोरात्र देउसी खेले

अमेरिकी चुनाबमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दो

भर्जिनिया ,कार्तिक २० विजय थापा , नेपाली समुदायको जन घनत्व अमेरिकाको वाशिंगटन डिसी ,भर्जिनिया ,न्युयोर्क ,क्यालिफोर्निया ,सिकागो तथा अन्य राज्यहरुमा बिज गणतीय रुपमा वृद्धि हुदै गै रहेको छ l जनसंख्या ह्वातै बढ्दो अवस्थाको साथै नेपाली अमेरिकनहरु पनि स्थानीय ,क्षेत्रीय तथा अन्य निर्वाचनमा चासो देखाउन थालेका छन् l २०१० को अमेरिकाको १० बर्षे जन गणनामा करिब … Continue reading अमेरिकी चुनाबमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दो

अमेरिकाको सन लियेनड्रोमा पहिलो नेपाली रेस्टुरेन्टको उद्घाटन नगर प्रमुखले गरे

भर्जिनिया ,कार्तिक १९ , विजय थापा ,तिहारको शुभ साईतमा अमेरिकाको चर्चित राज्य क्यालिफोर्नियाको सन लियेनड्रो शहरमा नेपालीहरुको सामुहिक लगानीमा पहिलो नेपाली रेस्टुरेन्ट (चमेना गृह )को उद्घाटन गरिएको छ l उक्त चमेना गृहको समुद्घाटनमा उद्योग बाणिज्य सघका अध्यक्ष डेबिड पी जोहन्सन र प्रमुख अतिथि नगर प्रमुख स्टेफेन एच क्यासिड़ीले सामुहिक रुपमा पानसमा दियो बालेर गरे भने … Continue reading अमेरिकाको सन लियेनड्रोमा पहिलो नेपाली रेस्टुरेन्टको उद्घाटन नगर प्रमुखले गरे

एन आर एन उपविजेताको तेजाबी बिष वमनको संदेश

  एन आर एन उपविजेताको तेजाबी बिष वमनको संदेश गैरआवासीय नेपाली संघ (एन आर एन ए )सबैको साझा संस्था हो र कसैको पनि बपौति हैन l चिन्तन र मनन गरि २००३ मा स्थापना हुन् पुगेको हो l यस पालिको सम्मेलनमा २-३ वटा बिषयले ईतिहास रच्यो l पहिलो १० बर्षको अविरल प्रयास पश्च्यात नेपालमा दर्ता भै … Continue reading एन आर एन उपविजेताको तेजाबी बिष वमनको संदेश

अमेरिकामा आध्यात्मिक उन्नतिको लागि डिवाइन क्लबको गठन

भर्जिनिया ,कार्तिक १६ विजय थापा अमेरिकाको वाशिंगटन डिसीमा नेपालबाट आध्यात्मिक प्रवचन हेतू झिकाईएका स्वामी श्री हरिदासजीको पहलमा डिवाइन क्लब(दिब्य सभा )भर्जिनिया को औपचारिक रुपमा डा अशोक शर्माको संयोजकतत्वमा एक समितिको गठन भएको घोषणा गरिएको छ l उक्त घोषणा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा प्रवचनमा पाल्नु भएका श्रद्धालु भक्तजनहरुहरुको उपस्थितिमा एक पच्चीस … Continue reading अमेरिकामा आध्यात्मिक उन्नतिको लागि डिवाइन क्लबको गठन

अमेरिकामा कुकुर तिहार

भर्जिनिया ,कार्तिक १६ , विजय थापा    अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर तिहार मनाइएको छ । नेपाल छोडी बिदेसिए पनि आफ्ना चाड पर्वलाई त्याग्न मनले मान्दैन किनकी हामी जहाँ गए पनि हाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्दै कुकुर तिहार मनाएको जताए l चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो … Continue reading अमेरिकामा कुकुर तिहार

नेपालको गौरब र प्रतिष्ठालाई बढाउनेलाई अमेरिकाको साहित्य सम्मेलनमा सम्मान गरिने l

कार्तिक १५,भर्जिनिया (अमेरिका ) विजय थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज द्वारा आयोजना हुन् लागेको तेश्रो नेपाली साहित्य सम्मेलन वाशिंगटन डिसीमा आयोजक समितिले १३ जना अन्तर्राष्ट्रिय सामाजिक नायकहरुलाई सम्मान गरिने जानकारी एक छापा बिज्ञप्ति मार्फत सम्मेलन संयोजक सीता पाण्डेले जनाएकी छिन l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजव्दारा नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा आयोजना गरिने तेस्रो … Continue reading नेपालको गौरब र प्रतिष्ठालाई बढाउनेलाई अमेरिकाको साहित्य सम्मेलनमा सम्मान गरिने l

तनहु अमेरिका सोसाईटीको दशैं तथा तिहार शुभकामना साँझ भब्यताको साथ सम्पन्न

भर्जिनिया ,कार्तिक ११, विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्र बाल्टिमोरमा सन् २००९ मा आफ्नो संस्कृति र परम्परालाई प्रबर्धन र सम्बर्धन गर्ने उदेश्य साथ स्थापना भएको तनहु अमेरिका सोसाईटीले दशैं तथा तिहारको शुभ उपलक्ष्यमा दशैं तथा तिहार शुभकामना साँझ भब्यताको साथ सम्पन्न गरेको छ l दशैं तथा तिहार शुभकामना साँझमा दशैँ तथा तिहारको लागि चेलीबेटीहरु द्वारा … Continue reading तनहु अमेरिका सोसाईटीको दशैं तथा तिहार शुभकामना साँझ भब्यताको साथ सम्पन्न

डिसी नेपाली दूताबासमा शुभकामना आदान प्रदान सम्पन्न

कार्तिक १० ,भर्जिनिया (अमेरिका) विजय थापा , अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली राजदूताबासले २०७० सालको नेपालीहरुको महत्वपूर्ण चाड पर्वहरु बडा दशैं ,दीपावली, नेपाल सम्बत ११३४ तथा छठ एक मुष्ठ रुपमा एकै साथ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ l अमेरिकाका लागि नेपाली राजदूत डा शंकर शर्माले सबैलाई चाड पर्वको उपलक्ष्यमा राजदूत … Continue reading डिसी नेपाली दूताबासमा शुभकामना आदान प्रदान सम्पन्न

डिसीमा स्वामी श्री हरिदासजीको आध्यात्मिक प्रवचन सुन्न भक्तजनहरुको घुईचो

कार्तिक ९ ,भर्जिनिया विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको राजधानी मन्दिरमा डिवाइन कल्ब अफ डिसी (डिसी दैबी सभा )को आयोजनामा वैदिक तथा आध्यात्मिक दर्शन प्रवचन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l नेपालबाट आउनु पाल्नु भएका जगत गुरु श्री कृपालु महाराजका शिष्य स्वामी श्री हरिदासजीले वेद तथा आध्यात्मिक दर्शनबारे डिसी महानगर क्षेत्र वरीपरि … Continue reading डिसीमा स्वामी श्री हरिदासजीको आध्यात्मिक प्रवचन सुन्न भक्तजनहरुको घुईचो

नेपालको तेक्वान्दो खेलको विकासको लागि अमेरिकामा तेक्वान्दो महासंघको स्थापना

कार्तिक ६,भर्जिनिया विजय थापा , अमेरिका ,मुलुक बाहिर यत्र तत्र छरिएर रहेका सम्पूर्ण नेपाली तेक्वान्दोकर्मीहरुलाई समेट्ने गरि अमेरिकामा रहेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुको सक्रियतामा यहि कार्तिक २ गते ,२०७० गुरु ग्राण्डमाष्टर (कूल उस्ताद )राजकुमार राईको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो महासंघ(Universal United Nepalese Taekwondo Federation )को विधिवत स्थापना भएको छ l युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो … Continue reading नेपालको तेक्वान्दो खेलको विकासको लागि अमेरिकामा तेक्वान्दो महासंघको स्थापना

बानाको दशैं तथा तिहार शुभकामना कार्यक्रम सफलता पुर्वक सम्पन्न

विजय थापा ,भर्जिनिया ,कार्तिक ४ ,अमेरिकाको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को आयोजनामा २०७० सालको दशैं तथा तिहारको पुनित शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ l हरेक बर्ष गर्दै आएको शुभकामना साँझमा कोसेली स्वरुप बिबिध सांगीतिक प्रस्तुति प्रदर्शन गरिएको थियो भने नेपालको महाराजगंजबाट अमेरिका आएका केहि बालबालिकाहरुले नृत्य प्रदर्शन … Continue reading बानाको दशैं तथा तिहार शुभकामना कार्यक्रम सफलता पुर्वक सम्पन्न

जर्मनीको दशैमा मनोरन्जनको साधन पिङको साटो फुटबल

नब राज रोस्यारा | १३-१०-२०१३ बर्लिन, जर्मनी नेपालिहरुको महान चाड बडा-दशैले आफ्नो उच्चतम मह्त्वपूर्ण समयको जनाउ दिनै आटेको थियो। त्यसैले काठमाण्डौमा पढिरहेका बिध्यार्थीहरु भएको भए सायद प्राय: सबैलाई बसको टिकट काट्ने अनी आफ्नो घर पुगेर बाबु आमा लगायत सपरिवारलाई भेट गर्ने हतारो भईरहेको हुन्थ्यो होला। घर पुगीसकेको भए परिवार र छिमेकीहरुका बच्चाहरुको लागि पिङ बनाएर … Continue reading जर्मनीको दशैमा मनोरन्जनको साधन पिङको साटो फुटबल

अमेरिकाबाट डा शाहले एनआरएन अन्तर्राष्ट्रीय सचिवमा उम्मेदवारीको घोषणा

विजय थापा ,भर्जिनिया गैर आवासिय नेपाली संघको छैठौं महाधिवेशनको संघारमा अमेरिकाको न्यु योर्कमा कार्यरत चिकित्सक बिनोद शाहले आफु बिभिन्न संघ तथा संस्थामा नेतृत्व तथा एन आर एन ए अमेरिका काम गरि सकेको अनुभव बटुलेको ,साथीभाई तथा शुभ चिन्तकहरुसंग परामर्श गरि एनआरएन अन्तर्राष्ट्रियको सचिवमा उम्मेदवारीको घोषणा गरेको हु भनि जानकारी गराएका छन l अन्तिम अवस्थामा घोषणा … Continue reading अमेरिकाबाट डा शाहले एनआरएन अन्तर्राष्ट्रीय सचिवमा उम्मेदवारीको घोषणा

कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा अमेरिकामा-शान्ति जुलुस

विजय थापा ,भर्जिनिया आश्विन २९ ,अमेरिकाको सन् फ्रान्सिस्कोमा उत्तर क्यालिफोर्नियाका संगठित युवाहरुले कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा शान्ति पूर्ण नारा लगाउदै जुलुससभाको आयोजना गरेका छन l बिशेष आगामी सन् २०२२ मा आयोजना हुन गैरहेको बिश्वकप भकुण्डो प्रतियोगिताको लागि अत्याधुनिक रंगशालाहरु निर्माण गर्न खटिएका नेपाली श्रमिकको श्रम शोषणको बिरोध गर्दै “हामी निसाफ चाहान्छौ, शोषण बन्द गर, नो … Continue reading कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा अमेरिकामा-शान्ति जुलुस