All posts by Bijay Thapa

३२ औ ए एन ए डिसी सम्मेलनमा चार संचार माध्यमलाई सम्मान गरिने 

  विजय थापा ,भर्जिनिया,  जेष्ठ २१  ,   ३२ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )डिसी सम्मेलनमा ए एन ए को गतिबिधिलाई सशक्त रुपमा समाचार ,श्रब्य दृश्य ,लेख ,अन्तर्वार्ता ,खोजमुलक ,अन्वेषणनात्मक ,विशेषांक अंक प्रकाशित गरि विश्व भर नेपाली समुदायमा पुरयाई संस्थाको गरिमा वृद्धि गर्ने चार संचार माध्यमलाई ३२ ए एन ए डिसी सम्मेलनमा … Continue reading ३२ औ ए एन ए डिसी सम्मेलनमा चार संचार माध्यमलाई सम्मान गरिने 

ए एन ए निर्वाचन तथा सम्मेलन सम्बन्धि भ्रामक सूचना प्रति ए एन ए को गम्भीर ध्यानाकर्षण

३२ औ ए एन ए सम्मेलन यहि जुलाई ४ देखि ६ सम्म डिसी महानगर क्षेत्रमा हुने सर्ब बिदितै छ र आयोजक समिति अहोरात्र मेहनत को साथ अगाडी बढी रहेको जानकारी गराउन पाउदा हामीलाई हर्ष लागेको छ l ३२ औ ए एन ए सम्मेलन अवैध तथा गैर कानुनि हो भनि ,भ्रामक तथा असत्य प्रचार र प्रसार … Continue reading ए एन ए निर्वाचन तथा सम्मेलन सम्बन्धि भ्रामक सूचना प्रति ए एन ए को गम्भीर ध्यानाकर्षण

अमेरिकामा गणतन्त्र दिवस मनाउन घुईचो

जेष्ठ १५ ,भर्जिनिया विजय थापा वाशिंगटन डिसी नेपाली दुतावासको आयोजनामा भएको गणतन्त्र दिवसमा सागर उर्लिएको झैँ नेपाली समुदाय तथा अतिथिहरुको उल्लेखनीय घुईचोका बीच भब्यताको साथ सम्पन्न भएको छ l अमेरिकाका लागि कार्यबाहक राजदुत तथा चार्ज दि अफ़ेअर्स ऋषि राम घिमिरेले सबैलाई कार्यक्रममा उपस्थित आमन्त्रित अतिथिहरुलाई गणतन्त्र दिवसको अवसरमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट तर्फबाट … Continue reading अमेरिकामा गणतन्त्र दिवस मनाउन घुईचो

एनआरएन आइसीसीका सदस्यका उम्मेदवार​ ​डा बिनोद शाहको नेपाली समुदायसंग अपिल

  लामो समय देखि न्युयोर्कमा बसोबास गर्दै आएका तथा पेशाले मानबिय चिकित्सक रहेका डा बिनोद शाहले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सदस्यको लागि उम्मेदवारी दिएका छन् l नेपाली समुदायसंग आफु चिर परिचित भएकोले जानकारी गराउदै स्थापना काल देखि नै एआरएन अभियानसंग संलग्न भएको जनाउदै सम्पूर्ण नेपाली समुदायसंग आफुलाई अमुल्य मत दिई बिजयी गराउन … Continue reading एनआरएन आइसीसीका सदस्यका उम्मेदवार​ ​डा बिनोद शाहको नेपाली समुदायसंग अपिल

अमेरिकन प्राध्यापकले स्वस्थानी कथा व्रत बारे नेपाली समुदायलाई जानकारी

जेठ ११ ,भर्जिनिया विजय थापा डिसी महानगर क्षेत्रमा नेवारी संस्कृति ,कला ,परम्परा ,भाषालाई प्रबर्धन तथा सम्बर्धन गर्ने उदेश्यको साथ नेवारी समुदायले स्थापना गरेको नेवाह अर्गनाईजेसन अफ अमेरिका(नेवाह संगठन अमेरिका,एनओए) को १३ औ बार्षिक समारोह बिबिध कार्यक्रमको आयोजना तथा प्रस्तुतिको साथ सम्पन्न भएको छ l नेपालमा मात्र सुनिने स्वस्थानी कथा बारे अनुसन्धान गरि रहेकी र यस … Continue reading अमेरिकन प्राध्यापकले स्वस्थानी कथा व्रत बारे नेपाली समुदायलाई जानकारी

डिसीमा सिद्धि चरण जन्म जयन्तीमा सम्मान 

  जेष्ठ ७ ,भर्जिनिया    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी शाखाको आयोजनामा सिद्धिचरण जन्म जयन्ति बिगत बर्ष झैँ सफलता पुर्वक मनाईएको छ l उक्त कार्यक्रममा बिबिध कोसेली प्रस्तुतिको साथै आमन्त्रित बिसेष व्यक्तित्व ,भाषा तथा साहित्यमा बिसेष योगदान गर्नु हुने नेपाल, अमेरिका र बेलायत ३ वटा मुलुकहरुमा बसोबास गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो l    नेपाली … Continue reading डिसीमा सिद्धि चरण जन्म जयन्तीमा सम्मान 

मानिसको जीवनमा परिवर्तन ल्याउन अभियानमा लागेको -डा पुकार मल्ल

जेष्ठ ५  ,भर्जिनिया विजय थापा    वाशिंगटन नेपाल फोरमको आयोजनामा वाशिंगटन डिसीमा दायित्व नेपाल संग भएको एक अन्तरक्रिया कार्यक्रममा दायित्व नेपालका संचालक तथा हार्वर्ड बिश्व बिद्यालयका अनुसन्धानकर्ता पुकार मल्ल(बिध्या वारिधि )ले मानिसको जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने भावनाले दायित्व अभियानमा लागेको बताए l   उनले मूल त नेपाल तथा विदेशमा बसेका युवा पिढीहरुलाई परिचालन … Continue reading मानिसको जीवनमा परिवर्तन ल्याउन अभियानमा लागेको -डा पुकार मल्ल

डिसी एसियन परम्परा सांस्कृतिक उत्सव भव्यताको साथ सम्पन्न l

  जेष्ठ ४ ,भर्जिनिया  विजय थापा    वाशिंगटन डिसीमा बिगत बर्ष झैँ एसियन मुलुकहरूको सक्रिय सहभागितामा हुने एसियन परम्परा उत्सवमा वाशिंगटन महानगर क्षेत्र सेरोफेरो ,क्यालिफोर्निया तथा न्युयोर्कबाट आएका नेपाली समुदायका संघ तथा संस्थाहरुको उल्लेखनीय सहभागितामा भएको उक्त महोत्सब भब्यताको साथ सम्पन्न भएको छ l   उक्त कार्यक्रमको लागि डिसीमहानगर क्षेत्रका संघ तथा संस्थाका तर्फबाट झाकी … Continue reading डिसी एसियन परम्परा सांस्कृतिक उत्सव भव्यताको साथ सम्पन्न l

बुद्ध जयन्तिको लागि प्रवचन दिन लन्डनबाट वाशिंगटन डिसी 

​   जेष्ठ  २ ,भर्जिनिया  विजय थापा    डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपाली पशुपति बुद्ध मन्दिरमा २५५८ औं बुद्धजयन्ती भव्यताको साथ मनाईएको छ l  उक्त अवसरमा अस्वीकृत बिचार -साहित्य आन्दोलनका अभियन्ता तथा बुद्धको जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास महाभिमीस्क्रमणका अस्वीकृत पाईला लेख्ने उपन्यासकार कविताराम श्रेष्ठ (बिध्या वारिधि )वाशिंगटन डिसी आई बुद्ध सम्बन्धि पताका र स्तुपाको … Continue reading बुद्ध जयन्तिको लागि प्रवचन दिन लन्डनबाट वाशिंगटन डिसी 

नेपाली आकाश द्वारा मुक्त कमैयाका बालबालिकाहरुको लागि कैलालीमा पाठशाला निर्माण

विजय थापा ,भर्जिनिया , जेष्ठ २ ,डिसी महानगर क्षेत्रमा गत बर्ष स्थापना भएको गैर मुनाफा सामाजिक संस्था नेपाली आकाशले कैलाली जिल्लामा मुक्त कमैयाका बालबालिकाहरुका बिद्यालय निर्माण गरि दिएको छ l गत बर्ष समुद्घाटन गरेकै दिन कैलालीमा पढन नपाएका मुक्त कमैयाका छोराछोरीहरुको लागि पक्कि पाठशाला बनाउने प्रतिबद्धता जनाए अनुसार एक बर्ष नबित्तै पाठशाला निर्माण गर्न सकेकोमा … Continue reading नेपाली आकाश द्वारा मुक्त कमैयाका बालबालिकाहरुको लागि कैलालीमा पाठशाला निर्माण

प्रवासका चम्किला साहित्यिक तारा

  डा. कविताराम श्रेष्ठले लिनु भएको अन्तर्वाता :   फेब्रुअरी १९५६ मा तेह्रथुम म्यांग्लुंग बजारमा जन्मनु भएको बसन्त श्रेष्ठ हाल अमेरिकाको वर्जिनियामा स्थाई बसोबास गर्दै आउनुभएको छ। उहाँले न्यूह्यम्साएर युनिवर्सिटीबाट एमएस गर्नु भएको छ। अमेरिकास्थित विभिन्न साहित्यिक र अन्य संस्थामा उहाँको उल्लेखनीय धेरै योगदान रहिआएको छ । हाल उहाँ, एएनए नेपाली लिटरेचर एकेडेमी, नर्थ अमेरिकाको … Continue reading प्रवासका चम्किला साहित्यिक तारा

नेपाल अमेरिका पत्रकार संघको चौथो अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन

       न्यूयोर्क,अमेरिका, मे ६ | उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका प्रवासी पत्रकारहरुको छाता संगठन यस नेपाल अमेरिका पत्रकार संघ (नेजा) को चौथो अधिवेशन नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ | अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यही मे २,३ र ४ तारिख टेक्सासको ह्युस्टन शहरमा नेजाको तीन दिने अधिवेशन भएको थियो | अधिवेशनले आगामी दूई वर्षका लागि संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष गौतम … Continue reading नेपाल अमेरिका पत्रकार संघको चौथो अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन

प्रधान मन्त्रिको शुभकामना सभासद ढुंगेलले जनसम्पर्क समिति भर्जिनियाको अधिवेसनमा सुनाए

बैशाख २२ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्थापना भएको नेपाली कांग्रेस जन सम्पर्क समिति भर्जिनिया शाखाको दोश्रो अधिवेसनमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधित्व गर्ने सभासद रामेश्वर प्रसाद ढुंगेलले मन्तब्य राख्दै प्रधान मन्त्री सुशील कोइरालाले अधिवेसनको सफलताको लागि मौखिक शुभकामना लिएर आएको बताए l प्रमुख आतिथ्यको मन्तब्य राख्दै सभासद रामेश्वर … Continue reading प्रधान मन्त्रिको शुभकामना सभासद ढुंगेलले जनसम्पर्क समिति भर्जिनियाको अधिवेसनमा सुनाए

३२ औ ए एन ए डिसी सम्मेलनको दर्ता (रजिस्ट्रेसन )शुभारम्भ

  बैशाख २० ,भर्जिनिया  विजय थापा,   अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को सेरोफेरोमा ३१ बर्ष देखि निरन्तर बार्षिक सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (ए एन ए )को ३२ औ ए एन ए सम्मेलनको दर्ता प्रक्रिया सुरुवात भएको छ l   ३२ औ ए एन ए सम्मेलनको नारा … Continue reading ३२ औ ए एन ए डिसी सम्मेलनको दर्ता (रजिस्ट्रेसन )शुभारम्भ

अमेरिकामा नेवार समुदायको ईतिहासमा ब्राम्हण कन्याहरुले पनि इही गराए l

बैशाख २१ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा २३ बर्ष अगाडी नेवार समुदायले स्थापना गरेको नेपा पास पुच अमेरिकाये (एन पी पी ए )को छैठौ इहि समारोहमा डिसी क्षेत्रको सेरोफेरोमा बसोबास गर्ने ब्रम्हाण्ड कन्याहरुले समेत ईहि पुजा गराएका छन् l उक्त इहि समारोहमा चार ब्राम्हण कन्याहरु ,एक झा कन्या तथा अन्य नेवार समुदायका कन्याहरुले … Continue reading अमेरिकामा नेवार समुदायको ईतिहासमा ब्राम्हण कन्याहरुले पनि इही गराए l

एननआरएन आईसीसी सदस्यका उम्मेदवार घले भन्छन -यो अमेरिकाको लागि राम्रो अवसर हो

बैसाख १६ ,भर्जिनिया विजय थापा गैर आवासीय नेपाली संघ ,अमेरिकाको निर्वाचनले गर्दा वातावरण तातिदै गै रहेको र चौतर्फी रुपमा चुनावी माहौल बन्दै गै रहेको अवस्थामा एनआरएन आईसीसी सदस्यका लागि जर्जिया एटलान्टा निवासी समाज सेवी राजा घलेले आफ्नो उम्मेदवार दिएका छन् l हरेक एक हजार एनआरएन सदस्यहरु रहेको मुलुकबाट एनआरएन आईसीसीमा एकजना प्रतिनिधित्व हुने प्रावधान रहेकोले … Continue reading एननआरएन आईसीसी सदस्यका उम्मेदवार घले भन्छन -यो अमेरिकाको लागि राम्रो अवसर हो

मनिषा कोइराला ए एन ए सम्मेलनको लागि अमेरिका आउने

बैशाख १५ ,भर्जिनिया  विजय थापा    अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी सम्मेलनमा मनिषा कोइराला आउने भएको जानकारी प्रमुख संयोजक हेमन्त श्रेष्ठले तयारी समितिको बैठकमा जानकारी दिएका छन् l हरेक … Continue reading मनिषा कोइराला ए एन ए सम्मेलनको लागि अमेरिका आउने

लगानी प्रवर्द्धन र आर्थिक विकासको लागि चीन भ्रमण महत्वपूर्णः कोइराला

  काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला आफ्नो चार दिने चीन भ्रमण पुरा गरि नेपाल फर्कनु भएको छ। पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसको विदेश विभाग प्रमुख समेत रहनुभएकी कोइराला सरकारी प्रतिनिधिमण्लको नेतृत्व गर्दै चीनको यूनान प्रान्तका गभर्नरको निमन्त्रणामा चीन जानुभएको थियो। कोइरालासँगको चीन भ्रमणमा प्रधानमन्त्री शुसिल कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई तथा … Continue reading लगानी प्रवर्द्धन र आर्थिक विकासको लागि चीन भ्रमण महत्वपूर्णः कोइराला

अंटार्कटिकाबाट पठाएको चिट्ठी अमेरिका पुग्न १ बर्ष लाग्यो

बैशाख ७ ,भर्जिनिया विजय थापा अमेरिकाको भर्जिनियाको साउथ राइडिंगमा बस्दै आएका नेपाली मूलका बिनोद थापाले गत बर्ष मार्च २०१३ मा अंटार्कटिकाबाट अमेरिका भरि रहेका आफ्ना परिवार ,साथी ,ईस्ट मित्र ,दाजुभाई तथा दिदि बहिनीहरुलाई पठाइएको चिट्ठी ​ ​प्राय सबैले १ बर्ष पछि मात्र प्राप्त गरेका छन् l २०१३ को मार्च महिनामा दूई हप्ताको अंटार्कटिका प्रायद्वीपको दक्षिण … Continue reading अंटार्कटिकाबाट पठाएको चिट्ठी अमेरिका पुग्न १ बर्ष लाग्यो

ए एन ए निर्वाचन समिति गठन र जुलाई ४ मा निर्वाचन हुने घोषणा

बैशाख ६ ,भर्जिनिया विजय थापा अप्रिल ११ तारिखमा बसेको ए एन ए (दि एसोसिएसन अफ नेपालिजइन अमेरिका )को कार्यकारी समितिको बैठकले सर्बसम्मती द्वारा निर्णय गरि र उक्त निर्णयलाई पारित गर्दै निर्वाचन समितिको गठन गरेको छ l उक्त निर्वाचन समितिको गठन गर्नुको साथै जुलाई ४ तारिखमा निर्वाचन गर्ने र जुलाई ५ भित्र निर्वाचनको नतिजा घोषणा गर्ने … Continue reading ए एन ए निर्वाचन समिति गठन र जुलाई ४ मा निर्वाचन हुने घोषणा