All posts by Bijay Thapa

राजदूत शर्माको बिदाई मंगल वाचन सहितको टिकाबाट

पौष १०,भर्जिनिया ,अमेरिका विजय थापा , अमेरिकाको डिसी महानगर क्षेत्रबाट नियमित रुपले प्रकाशन हुँदै आएको पाक्षिक नेपाली पत्रिका विश्व परिक्रमाको आयोजनामा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लाग्नु भएका अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको बिदाई कार्यक्रम ”धन्यबाद राजदूत ” को तूल तथा मंगल वाचन सहित टिका लगाई राजदूतलाई बिदाई गरिएको … Continue reading राजदूत शर्माको बिदाई मंगल वाचन सहितको टिकाबाट

डिसीमा नेपालमा सम्पन्न निर्वाचन-चुनौती र अवसर सम्बन्धि अन्तरक्रिया

पौष ८ ,भर्जिनिया ,अमेरिका विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा हालसालै नेपालमा सम्पन्न भएको ”संबिधान सभा निर्वाचन -यसका अवसर तथा चुनौती सम्बन्धि एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरमको आयोजनामा सफलता पुर्वक सम्पन्न भएको छ l मूलत संबिधान लेखनमा भै रहेको गतिरोध ,निर्वाचन सम्पन्न भएता पनि सरकार निर्माणमा देखिएको अन्यौल .दोश्रो संबिधान सभामा नेपाली मतदाताले … Continue reading डिसीमा नेपालमा सम्पन्न निर्वाचन-चुनौती र अवसर सम्बन्धि अन्तरक्रिया

ए एन ए द्वारा दार्चुला बाढी पिडितको लागि पांच लाख रुपैया संकलन l

 पौष ७ ,भर्जिनिया ,अमेरिका विजय थापा ,अमेरिकाको राष्ट्रिय स्तरको नेपालीहरुको सबै भन्दा पुरानो गैर मुनाफा संस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(ए एन ए )ले गत जुन महिनामा सुदुर पश्चिम नेपालको दार्चुलामा आएको अविरल बर्षाको कारण भएको मानबिय क्षति तथा बाढी पिडित परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्यले एक आकष्मिक बाढी पिडित आर्थिक राहत कोष खडा … Continue reading ए एन ए द्वारा दार्चुला बाढी पिडितको लागि पांच लाख रुपैया संकलन l

अमेरिकामा पत्रकार घिमिरेको बुद्धबाद्का तीन आयाम पुस्तकको बिमोचन

विजय थापा  पौष ६ ,भर्जिनिया ,अमेरिका    भर्जिनियाको राजधानी रिचमण्ड निवासी लेखक तथा पत्रकार पशुपति घिमिरेको हालै प्रकाशित कृति” बुद्धबाद्का तीन आयाम ”गत आइतबार मंगसिर ३० गते भर्जिनियामा बिमोचन भएको छ | भर्जिनिया राज्यको राजधानी रिच्मण्ड स्थित घिमिरे निवासमा  रिचमण्डका नेपालीहरुले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका थिए |  नेपाली साहित्यमा आख्यानको बाढी आइरहेको सन्दर्भमा बौद्ध … Continue reading अमेरिकामा पत्रकार घिमिरेको बुद्धबाद्का तीन आयाम पुस्तकको बिमोचन

बर्दिया पोलो खेलमा सहभागी भै नेपाली चेली अमेरिका फिर्ता

पौष ४ भर्जिनिया ,अमेरिका विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रमा भर्खरै स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल (नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय )कि कोषाधक्ष्य केमिका भण्डारी हालसालै बर्दियामा सम्पन्न हात्ती पोलो खेलमा सहभागी भै उनको कर्मथलो अमेरिका फिर्ता भएकी छिन l जम्मा ८ वटा समुहले भाग लिएको उक्त हात्ती पोलो खेलमा केमिका भण्डारी सहभागी … Continue reading बर्दिया पोलो खेलमा सहभागी भै नेपाली चेली अमेरिका फिर्ता

डिसीमा नलिनाले स्वर सम्राटलाई सम्झना गराईन l

पौष १,भर्जिनिया विजय थापा , अमेरिकाको डिसीमहानगर क्षेत्रमा मंगसिर ३० गते डिसी महानगर क्षेत्रका नेपाली समुदायको आयोजनामा नेपालकि चर्चित गायिका नलिना चित्रकार एकल सांस्कृतिक साँझ सम्पन्न गरेको छ l यस कार्यक्रमका संयोजक तथा उक्त चमेना गृहका संचालक लोकनाथ तिवारीले कलाकार देशका गहना हुन् र हामीले कलाकारलाई सम्मान गर्न सक्नु पर्छ भन्दै यो कार्यक्रमको आयोजना गरेको … Continue reading डिसीमा नलिनाले स्वर सम्राटलाई सम्झना गराईन l

३४औ अलास्का स्टेट कराते प्रतियोगितामा भट्टराई

                     गत साता अलास्का कराते एसोसिएसनको आयोजनामा दुइदिने कराते गोष्ठी तथा प्रतियोगिताको समापन गरिएको थियो  l  विश्व कराते महासंघका बरिष्ठ रेफ्री कत्सुकाता  तानाकाको निर्देशनमा सम्पन्न उक्त प्रतियोगिताको पहिलो दिन काता तथा कुमिते गोष्ठीको संचालन तानाका मार्शल आर्ट्स एकेडेमीमा  गरिएको थियो भने डिसेम्बर ८ तारिख  दोश्रो दिन … Continue reading ३४औ अलास्का स्टेट कराते प्रतियोगितामा भट्टराई

राजदूत शर्मा द्वारा नेपाल निर्वाचन सम्बन्धि हार्वर्डमा सम्बोधन

मंगसिर २५ ,भर्जिनिया , विजय थापा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा(बिध्या वारिधि )ले बिश्व कै उत्कृष्ट अमेरिकाको बोस्टन स्थित हार्वर्ड विश्व बिद्यालयमा आयोजना भएको कार्यक्रममा नेपाल निर्वाचन – २०१३ सम्बन्धि सम्बोधन गर्नु भएको छ l केनेडी पाठशाला ,भारत तथा दक्षिण एसिया कार्यक्रमको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा राजदूत शर्माले नेपाल निर्वाचन २०७० … Continue reading राजदूत शर्मा द्वारा नेपाल निर्वाचन सम्बन्धि हार्वर्डमा सम्बोधन

कलाकारलाई निर्वाचनको परिणामले दिएको धक्का

विजय थापा , कलाकार देशका गहना हुन र मुलुकका सम्पत्ति हुन l संगीतमा डुबुल्की मारेर करौड़ोको हृदयमा बस्न सफल यी कलाकार हाम्रा आदर्श पनि हुन l कलाकार कसैका निजि हुदैनन र सबैका साझा हुन्छ र सबैलेमा उच्च स्थानमा राखेका हुन्छन l यस्तो सम्मान र आदर्श बोकेका केहि कलाकारहरु दोश्रो संबिधान सभाको चुनाबी मैदानमा उनीहरुको धरौटी … Continue reading कलाकारलाई निर्वाचनको परिणामले दिएको धक्का

अमेरिकामा संचार माध्यम द्वारा असल काम गर्नेलाई सम्मान

मंगसिर २३,भर्जिनिया ,अमेरिका विजय थापा , संचारकर्मी तथा संचार माध्यमलाई सम्मान गर्ने र पुरस्कृत गर्ने कुनै नौलो समाचार नहुन् सक्छ lयो क्रम जारि रहने छ तर अमेरिकाको न्यु जर्सीबाट २००७ देखि संचालनमा रहेको युएसनेपाल अनलाईन डटकम(बिधुतिय अंकीय पत्रिका)ले मंगसिर २२ गते न्यु योर्कमा आयोजना गरेको छैठौ बार्षिक समारोहमा उदाहरणीय काम गर्ने बिभिन्न व्यक्ति तथा संस्थालाई … Continue reading अमेरिकामा संचार माध्यम द्वारा असल काम गर्नेलाई सम्मान

महाकवीलाई सदैब आर्थिक दयनियताको चित्रण मात्र नगर्न सुझाब

मंगसिर २० ,भर्जिनिया विजय थापा भर्खरै सम्पन्न भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा साहित्य सम्बन्धि बिबिध बिषयमा मस्तिष्क मन्थन गरिएको छ l चर्चाको शिखरमा पुगेका बिषयहरुमा देवकोटाले बिश्व जगतमा गरेको योगदानको चर्चा तथा वहाका अप्रकाशित कृतिहरुको बिषयमा उठाईएको बिषयले उपल्लो स्थान ओगट्न सफल भएको छ l उक्त साहित्य सम्मेलनमा देवकोटाको बारेमा अमेरिकामा रहेका कवि तथा … Continue reading महाकवीलाई सदैब आर्थिक दयनियताको चित्रण मात्र नगर्न सुझाब

अमेरिकी प्रतिनिधि सभा द्वारा राजदूत शर्मा सम्मानित

  मंगसिर २० ,भर्जिनिया विजय थापा ,अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई म्यासाचुसेट्स राज्यको प्रतिनिधि सभाले सम्मान गरेको छ l दि कमनवेल्थ अफ म्यासाचुसेट्स (म्यासाचुसेट्स राष्ट्रमण्डल )प्रतिनिधि सभा को सभामुख रोबर्ट ए डेलीयो तथा प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग द्वारा हस्ताक्षरित उक्त सम्मान पत्र एक कार्यक्रम बीच डा शर्मालाई हस्तान्तरण गर्दै सम्मान गरिएको … Continue reading अमेरिकी प्रतिनिधि सभा द्वारा राजदूत शर्मा सम्मानित

अमेरिकामा एक युवा भुटानी शरणार्थी द्वारा आत्महत्या

मंगसिर १९ .भर्जिनिया विजय थापा ,जीवनमा अनगिन्ति हण्डर खादै अन्ततगत्वा स्वर्णीम सपनाको साथ अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा नेपालबाट पुनर्स्थापनको लागि अमेरिका ल्याईएका एक युवाले आत्महत्या गरेका छन् l पारिवारिक श्रोतका अनुसार २१ बर्षिय चन्द्र क्षेत्री सोमबार घर छोडी हिडेका थिए l परिवारलाई कुनै पनि शंखा मनमा नरहेको र काममा सधैको जस्तै भन्ने ठानेका थिए l … Continue reading अमेरिकामा एक युवा भुटानी शरणार्थी द्वारा आत्महत्या

अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताब

मंगसिर १८ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भानुको शालिकको अनावरण अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा (बिध्या वारिधि )ले गर्नु भयो l भानु भक्तको शालिकलाई नेपालबाट अमेरिका ल्याउने जिम्मा पाएका अनेसास डिसी शाखाका अधक्ष्य तथा भर्जिनियाका कबि प्रकाश नेपालले उक्त कामको लागि छ महिना समय … Continue reading अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताब

ऋचा घिमिरेको ‘तुलशी’चलचित्र अमेरिकामा प्रथम प्रदर्शन

  भर्जिनिया ,मंगसिर १७  विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपाली चलचित्रका युवा निर्माता /निर्देशक शंकर घिमिरे तथा   ऋचा घिमिरेको अभिनय रहेको सामाजिक कथानक चलचित्र तुलशीको प्रथम प्रदर्शन (प्रिमिएर )भब्यताको साथ शानदार प्रदर्शन भएको छ l   उक्त चलचित्रलाई प्रचार र प्रसार गर्न दम्पत्ति शंकर घिमिरे तथा ऋचा घिमिरे केहि दिन अगाडी मात्र … Continue reading ऋचा घिमिरेको ‘तुलशी’चलचित्र अमेरिकामा प्रथम प्रदर्शन

बागी उम्मेदवारलाई जनताको बाघे झापु

विजय थापा ,भर्जिनिया दोश्रो संबिधान सभाको निर्वाचन सफलता पूर्वक समाप्त भै सकेको छ l अब सरकार बनाउने तरखरमा बढी स्थान र मत प्राप्त गर्ने दल कसरतहरु गुणा भागमा व्यस्त छन् l यस पालिको निर्वाचनमा जनताले वागी उम्मेदवारलाई मात्र नभई जनजातिका ,संघियता र मधेशका मुद्दा उठाउने दल तथा उम्मेदवारहरुलाई गालामा चड्कन लगाई दिएका छन l वागी … Continue reading बागी उम्मेदवारलाई जनताको बाघे झापु

साहित्य सम्मेलनलाई साँस्कृतिक कार्यक्रमले अझ रौनक ल्याउने

मंगसिर ९,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिकाको वासिङ्गटन डि.सी मा आयोजना हुन् लागेको तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा एकरुपता मात्र नहोस् भन्दै मनोरंजन स्वरुप संगीतमय वातावरण बनाईने सोच पनि रहेकोले सांस्कृतिक कार्यक्रम गराइने सम्मेलन संयोजक सीता पाण्डेले जानकारी गराएकी छिन l यसको साथै सम्मेलनमा बृहत कबि गोष्ठी, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार वितरण, मोतिराम युवा कबि गोष्ठी, … Continue reading साहित्य सम्मेलनलाई साँस्कृतिक कार्यक्रमले अझ रौनक ल्याउने

अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीबारे अन्तरक्रिया र जटिल समस्या सुरक्षा

मंगसिर ९,भर्जिनिया ,अमेरिका बिजय थापा ,अमेरिकाको बाल्टीमोर क्षेत्रमा नेपालबाट अमेरिका ल्याई पुनर्स्थापित गरिएका भुटानी शरणार्थी बारे वाशिंगटन डिसीमा एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरम संस्थाको पहलमा सम्पन्न गरिएको छ l डिसी महानगर क्षेत्रमा रहेका स्वयंसेवी तथा बिभिन्न पेसा अंगालेका नेपाली भाषा बोल्ने परामर्श समुह द्वारा कसरि अप्रवासी नेपाली मूलका युवाहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बिषयमा … Continue reading अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीबारे अन्तरक्रिया र जटिल समस्या सुरक्षा

अमेरिकामा साढे छ बर्षका नेपाली बालक खेलाडीलाई ब्लाक बेल्ट (कालो फित्ता )प्राप्त

मंगसिर ७, भर्जिनिया ,अमेरिका विजय थापा कलियुगमा अविश्वसनीय धेरै चिज देखिन पाइने हुन्छ र उम्रिदैको तीन पात भन्ने नेपाली उखान ठ्याक्कै अमेरिकामा चरितार्थ भएको छ l अमेरिकाको मिचिगन राज्यमा साढे छ बर्षका नेपाली बालक खेलाडीले पुम पहिलो डान ब्लाक बेल्ट (कालो फित्ता )सफलतामा पुर्वक हात पार्न सफल भएका छन् l अमेरिकाको मिचिगन राज्यको वाटर फोर्ट … Continue reading अमेरिकामा साढे छ बर्षका नेपाली बालक खेलाडीलाई ब्लाक बेल्ट (कालो फित्ता )प्राप्त

बिदेशमा बस्ने बुद्धिजीवीवर्गले सबैलाई संयमता लिन आग्रह

मंगसिर ५ ,भर्जिनिया,विजय थापा , नेपालमा दोश्रो पटक संबिधान सभाको चुनाब समाप्त भै अधिराज्यभर निर्वाचनको गणना भै रहेको छ l र, एकीकृत नेकपा (माओवादी)ले संविधानसभा निर्वाचनमा विभिन्न षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षा अनुसार जारी मतदान प्रक्रिया अघि बढेको नदेखिएकाले यो प्रक्रिया यहीँ स्थगित गर्न माग गरेको खबरले बिदेशमा बस्ने बुद्धिजीवी वर्गहरु … Continue reading बिदेशमा बस्ने बुद्धिजीवीवर्गले सबैलाई संयमता लिन आग्रह