All posts by avinash

एक सय वर्ष पूरानो घर

धादिङ तत्कालीन मुरली भन्ज्याङ वडा नं ५ हाल नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको गोविन्द लम्सालको एक सय वर्ष पूरानो घर । गत वैशाख १२ गते आएको भूकम्पमा परी उहाँको घरमा पुगेको क्षति । तस्बिरः रमेश लम्साल, रासस

Google Doodle Celebrates Nepal Republic Day 2015

जेठ १५ नेपालको गणतन्त्र दिवस हो। २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको हो। २०६२/ ०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । २०६४ सालमा चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरिएको थियो ।

Nagarik Show: Nepal EarthQuake, Sindhupalchok

शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उनीहरुको प्रश्न छ- कहाँ छ सरकार?

​सुशील, प्रचण्ड, ओली, हिसिला र सुजातालाई नचाउँदै बन्यो जालमाको नयाँ भिडियो

यो गीतमाथि युट्युबमा सयौं भिडियो अपलोड भइसकेका छन्। सबै भिडियोहरु युट्युबमा सुपरहिट पनि भएका छन्। यस्तैमा शनिबारको दिन युट्युबमा नयाँ भिडियो अपलोड भएको छ। हामी र हाम्रो झुपडी टीमले जालमाको नयाँ भिडियोमा नेपाली नेताहरुलाई प्रयोग गरेका छन्। जालमा माथि प्यारोडी भिडियो बन्ने क्रमको पछिल्लो प्यारोडीका रुपमा यो भिडियो देखापरेको छ।

महाभूकम्पको पीडा: नेवारी भाषामा सुन्दर कविता (भिडियोसहित)

विनाशकारी महाभूकम्पले धेरैको घरबार गुमेको छ । हजारौंको मृत्यु भयो । लाखौं नेपालीले दुःख भोगिरहेका छन् । यस्तो दुःखत र दर्दानाक पीडालाई समेटेर सर्जकहरुले धेरै गीतहरु लेखेका छन् ।

विद्यालय सन्चालनमै समस्या, ११ लाख बढी विद्यार्थी प्रभावित (भिडियोसहित)

नयाँ शैक्षिकसत्र सुरु हुनेबित्तिकै आइलागेको विपत्तिका कारण विद्यार्थीहरुको पठनपाठन सुरु नै हुन पाएको छैन । सरकारले आगामी जेठ १ गतेदेखि विद्यालयहरु सन्चालन गर्ने निर्णय त गरेको छ तर कसरी भन्ने बाटो देखाएको छैन ।
त्यसमाथि निजी विद्यालयहरुको हकमा के गर्ने भन्ने अन्योल झन् बढेको छ ।

कति पढेका छन् नेपालका नेताहरुले ? (भिडियोसहित)

नेपाली नेता र संविधानसभाका सभासदहरु सामान्य लेखपढ गर्नेदेखि विद्यावारिधि गर्नेसम्मका छन् । शैक्षिक योग्यताकै कारण पार्टी र सरकारकोे जिम्मेवारीमा पुग्न उनीहरुलाई छेकबार लागेको छैन ।जनताका तर्फबाट नीति निर्माणको आधिकारिक तहमा पुगेका नेता र सभासदहरुको शैक्षिक योग्यताले कस्तो प्रभाव पर्ला त ?