All posts by avinash

Bacheka Manchheharu: Sajha Sawal Episode 428

जुन आफ्नो थियो, त्यो बाँकी रहेन, जे छ, त्यो आफ्नो होइन, पारी जाउँ भीरै भीर, वारी पीरै पीर, टाढाको गाउँमा, डाँडाको बस्तीमा, बाँचेका मान्छेहरु । साझा सवालको एउटा फरक अंक – ‘बाँचेका मान्छेहरु’

हिउँको ढिक्का पगालेर पानी

गोरखाको लाप्राकस्थित गुप्सीपाखामा पानी भर्न लाइनमा गाग्री राख्दै महिला । हिमपातले पानीका मुहान जमेपछि लाप्राकबासी हिउँको ढिक्का पगालेर पानी पिउन बाध्य छन् । हिउँ पग्लन एक हप्ता लाग्ने हुँदा यहाँ पानीको निकै समस्यामा भएको छ । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

गाउँमा कम्प्युटर

म्याग्दीको महेन्द्र माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै बालबालिका । विद्यालयले कम्प्युटर शिक्षा सुरु गरेपछि गाउँका बालबालिकाले कम्प्युटर शिक्षा लिने अबसर पाएका छन् । तस्बिर: कमल खत्री, म्याग्दी, रासस