वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको मुर्ति सेलाउन धरानबाट चतरा नहरमा दिन दहाडै १३-१४ बर्ष उमेरका लाउ लाउँ र खाउँ खाउँ गर्ने यो पंक्तिकारका दुई अभिन्न मित्रलाई सदाको लागि गुमाएको दिन ३५ बर्ष नाघेछ l
जब सरस्वती पुजाको दिन आउँछ र झन्डै ३५ बर्ष भन्दा ज्यादा भए पनि त्यो कहाली लाग्दो दिन भुल्न कहिले नसकिने रहेछ किनभने दुवै मित्र मेरा अत्यन्तै परम मित्रहरु बन्न पुगेका थिए l घटना २०३३ साल को हो ,त्यो अबिश्वश्नीय घटनाको चोट सबैमा नराम्रो लाग्यो l धरानबासि रोएका थिए l कैयौ दिन सम्म झोक्रिनु पर्यो किनभने जहिले पनि त्यही सम्झनाले मस्तिस्कमा बाड हानी रह्यो l
यमराज पनि कति निस्ठुरी रहेछन र कालले टप्प टिपेर सदाको लागि लगे l यो पंक्तिकारका अति मिल्ने साथी किनभने घर नजदिक र यो दुख्द घटनाले यो पंक्तिकारको मन खिन्न हुन्छ र अतित सम्झन बाध्य हुन्छु l र त्यो पिढाको घाउँ अहिले सम्म पनि पुरिएको छैन र कहिले सम्म त्यो दुखद क्षणले सताई रहने होला l सदैब चिर शान्तिको कामना गरि रहन्छु l दिउसो काममा नेपालको समाचार हेर्ने क्रममा आज बसन्त पंचमी अधिराज्य भर् मनाईयो भन्ने समाचार पढ्दा फेरी मलाई ३५ बर्ष अगाडीको सम्झना गराई दियो l मैले मेरा मृत भैं सकेका मित्रहरु स्व :राज कुमार रसाईली र स्व : होम कुमार बस्नेतलाई सम्झे र एकछिन नराम्रो लाग्यो किनभने सरस्वतीको मुर्ति सेलाउन जादा अकालमा यमराज कठोर भैं सदाको लागि माथि लगे l
धरानको चतरा लाइनमा रहेको सबै भन्दा पुरानो धरान पब्लिक हाई स्कुलले अघिल्लो दिन सरस्वती पुजा धूमधाम संग मनाईयो र त्यो दिन पनि दुवै मित्रहरु संग बुनिया र अन्य मिठाई खान पाइन्छ भनि दिनभरि हिडी बेलुका घर ४ बजे पुगेका थियौ l होम कुमारले मलाई त भोलि बिहान छिट्टै आउनु है भनि बेलुका करिब ४:३० बजे भनेका थिए l त्यो बिद्यालयबाट चतरा जाने गरेको रहेछ सरस्वतीको मुर्ति सेलाउन l
धरानबाट चतरामा सरस्वतीको मुर्ति सेलाउन जाने निधो भएछ र सिचाईको लागि चतरा नहर निक्कै प्रसिद्ध छ l पुरानो नहर मध्ये कै एक हो किनभने सप्तकोशीबाट ल्याईएको एउटा नहर र जसको एउटा भंगालोको तेज र रफ्तार हाम्रा साथीहरुले थाहा पाउन सकेनन l कहिले पौडी नखेलेको १३-१४ वर्षाका किसोरहरु पौडी खेल जोसिएर हाम फाले र भुमरीले तानेको तानै गरि दुईको ज्यान लाग्यो lकेहि बचाउन जादा झन्डै मृत्युको मुखमा पुगेका र कसो कसो गरि यमराजको हातबाट फर्किन सके र जीवन दान पाए lर सबै भन्दा मिल्ने साथी स्व होम कुमार बस्नेत र स्व राज कुमार रसाइली लाई बचाउन सकिएन र उनीहरुको लाश धरान ल्याईयो lयो पंक्तिकारले थाम्न सकेन र आशुको खोलो बग्यो l
उनीहरु संग ३ बर्ष सम्म लगातार अत्यन्तै मिलनको साथ बिताएका क्षण सम्झन बाध्य बनाई दियो l स्व :राज कुमार रसाईली कक्षाका प्रथम बिद्यार्थी थिए l कसैलाई बिझाउदैन थिए ,छापेको जस्तै अक्षर ,मुस्कान दिने ,राम्रो कुरा गर्ने ,अब्बल दर्जाका ,मिलनसार ,मृदुभाषी राज कुमार रसाइली थिए l र अर्का परम मित्र होम कुमार बस्नेत उनि धरानको छाता चोकमा आमा बुवाले तरकारीको बेच बिखन गर्ने गर्नु हुन्थ्यो र उनि सहयोगी थिए l ब्यापारी दिमागका थिए र पैसा गोजीमा ५-७ रुपैया टुट्दैन थियो र त्यो बेलामा त्यो पैसा निक्कै हुन्थ्यो जस्तो लाग्दथ्यो र हो पनि l उनि र म दिनमा ३ पटक जसरि पनि भेट्ने गरेका थियौ किनभने उनले मलाई ३ बर्ष सम्म लगातार बिद्यालय गएको दिन जहिले पनि मध्यान्तर(आधा समय )मा २ वटा समोसा र एक प्याला चिया खुवाउथे किनभने म संग पैसा हुदैन थियो उनि संग टुट्दैन थियो l पैसा भएको दिन चलचित्र तृतीय श्रेणीमा हेर्ने गरेका थियौ र लालमोहन खुवाउथे र हामी गृह कार्यपनि संगै गर्थौ l होम कुमारको धेरै याद आउने भो किनभने जब जब बिद्यालयको मध्यान्तर हुन्थ्यो र त्यही भोजनालयमा सदैब १ बजे सिङ्गडा (धरानमा समोसा लाई भनिन्छ )खाएको यादले रुन मन लाग्दथ्यो र आखा रसाउद्थ्यो l
साँझमा म आफु तरकारी किन जान्थे र उनीकहा गए पछि सस्तो पनि दिन्थ्ये र केहि खाना पनि दिन्थ्ये त्यस्तो उमेरमा त्यस्तो साथी पाई एकोमा म दंग थिए र हामी धेरै मिल्ने गरेका थियौ l भगवानको चमत्कार या के भनौ म पनि सरस्वतीको मुर्ति सेलाउन धरानबाट चतरा जान्छु भनि मैले सायद मेरो हजुर बुवालाई सोधे झन्डै भुमरुको लट्ठीले बजाउनु भयो र म जान पाईन र रुवे l
सायद त्यहिँ घटना देखि त्यो बिद्यालयले कहिले पनि र अझ पनि धरानका कुनै पनि पाठशालाहरु सरस्वतीको मुर्ति सेलाउन बाहिर जादैनन जस्तो लाग्द्छ तर समय लामो भएकोले वर्तमान समयमा म यो बिषयमा अन्धकार छु l मैले मेरा अत्यन्तै परम मित्र सरस्वती पुजामा गुमाए l स्व :होम कुमार बस्नेत तथा स्व :राज कुमार रसाईलीको चिर आत्माको शान्तिको लागि प्राथना गर्दै बिदा !
………………………………………….अस्तु
विजय