आज पनि अमेरिकामा गाई देख्दा र गाईको दूध सम्झना गर्दा मुसुमुसु हासी रहेको हुन्छु l मानिसले कराते र कम्फु सिकेर मलाई ढालेको हैन ,यहाँ त आफ्नै घरमा पालेको लक्ष्मी (अर्थात् गाई)ले आफ्नो खुट्टाले बज्र प्रहार गरि नराम्रो संग हनहनी ज्वरो फुटाएको घटना झन्डै बंगारा झारेको l २०३२ /२०३३ सालमा गर्मिको महिनामा घट्न पुगेको एउटा अविस्मरणीय घटना l पाठक वर्गको मनमा किन छोरा मान्छेले आमाको फरिया लगाएर र चुरा लगाएर गाईको दूध दुहुनु परेको होला भन्ने कौतुलता लाग्न पनि सक्छ ? यस्को जवाफ प्रस्ट्याउने कोसिस गर्दछु किनभने आमाले मात्र दुहुने गाई अर्थात् एकहाते बानि लागेको गाई l आमा नै चाहिने गाई ? साँझ झमक्क होला जस्तो भै सकेकोले दिदिहरुले कोसिस गर भन्नु भयो lम पनि हौसिए र कोसिस गर्दा झन्डै परमधाम जानु परेको र माथिको टिकट काट्नु पर्यो l
आफु १३/१४ बर्षको उम्मेरमा घटेको घटना l घटना नेपालको पुर्वाञ्चलको सुन्दर नगरी धरानमा घटेको हो l धरानमा आफ्नै घरमा पालेको गाईले आफुलाई नराम्रो संग देब्रे (लात)किक ब्रुसलीको भन्दा कडा प्रहार गर्दा झन्डै प्राण त्याग्नु पर्यो l गाई सोझो र बालबालिकालाई पनि नहान्ने l गाउँ भरिका गाई मध्ये महसुर र योद्धा गाई थिई l आफ्नो घास खान आउने गाईलाई ठाडो पुच्छर लागाएर धपाउने गाई l रहर लाग्थ्यो र हामी शनिबार गाई चराउन नजिक घासे मैदानमा जाने गरेका थियौ l अलि अलि सम्झना छ गाईको नाम सिन्धुरी हुनु पर्छ l कालो वर्णको गाई र दूध पनि करिब आधा पाथी चै चाईचुई नगरी दिने लक्षिण कि गौ माता l
तर जे भएता पनि गाईको हेरचाह आमाले गर्नु हुन्थ्यो l आमा आफ्नो माइत धरानबाट करिब दक्षिण तर्फ रहेको इटहरी र बिराटनगरको बिचमा रहेको दुहबीमा जाने गर्नु हुन्थ्यो l त्यो समयमा अहिले जस्तो हैन गाडी आधा घण्टा या एक घण्टाको बिश्राममा धरान बिराटनगर यात्री बाहक गाडी (बस )चल्ने गर्थ्यो l अहिलेको जस्तो हैन त्यो समयमा हड्ताल त्यो समयमा निक्कै काम हुने गर्थ्यो l
आमा बिहान दुहबीको लागि हिड्नु भयो l दिउसो खेतीपाती हेरेर र माईत गएर फर्कनु हुन्थ्यो l हामी आमाको प्रतिक्षामा दुहबी बाट घिऊको जुलेबी लिएर आउनु हुन्छ भन्ने प्रतिक्षामा आशा गरेर बसेका थियौ l तर एक दिन जुन बेला मलाई गाईले असह्य खालको लात्ती प्रहार गरि मलाई साँझ पाख तारा देखाउने गराई दियो l त्यो दिनमा आमा समयमा धरान घर आउन पाउनु भएन l र पछि ताण्डब नृत्य तमाम भैं सके पछि आउनु भयो l
यस्तो घटना कसै कसैलाई घटेको पनि हुन् सक्छ तर मेरो अलिक फरक हो lमलाई कसैले सिकाए कि आमाको फरिया र चुरा लगाउदा गाईले आमा ठानेर दुध देला भन्ने ठानियो l मैले गाईलाई झुक्याउने प्रयास गरे र गाई झुक्कियो पनि l गाईले मलाई पहिला टाउको सुङ्ग्यो र सायद आमा सम्झ्यो किनभने आमाको फरिया टाउको सम्म छोपेको थिए र चुरा पनि बझाएर झुक्याउन खोजे तर गाईले दुध दुहुने शैले र हातबाट थाहा पाउने रहेछ l त्यहिँ समयमा मलाई खोकी लाग्यो l लाख कोसिस गर्दा पनि खोकी रोक्न सकिन र पुरुष वर्ग हो भनि थाहा पाउन साथ लगभग ७५ प्रतिसत दूध दुहुने काम सकिएको भए पनि गाई बिच्केर ४- ५ पटक देब्रे लात प्रहार गर्दा दूध सत्यनास र मेरो पनि तोरीको फूल फुल्याई दियो l
आफ्नो शरीरमा र कहाँ कहाँ प्रहार भएको छ भन्ने एकिन नै नगरी रिसले गाईलाई धरानमा त्यस समयमा चिर्पट दाउरा पाउने गर्थ्यो र त्यहिँ चिर्पटले मुर्ख जस्तो डढाल्नोमा धोबी पिटाई पिटे l उमेरले रिस थाम्न नसकेको हुनु पर्छ l अनि गाई त दाम्लो चुडाएर भाग्न खोज्यो l अमेरिकामा बसोबास छ ,जनावरहरुलाई गरिने हेरचाह ,माया ,ममता र महत्व l किन मैले जंगली ब्यबहार गरे भन्ने कुरा कहिले कहिँ मानस पटलमा आउँछ र ग्लानि हुन्छ l मलाई पनि गाईले चिन्छ भन्ने आत्म विश्वास भयो र गाई दुहुने कोसिस गरे फलस्वरूप ठुलो चिर्पट जस्तो कडा प्रहार सहनु पर्यो l धन्य ,आंखा र मस्तिष्कमा खुट्टाको तिखो प्रहारले छुएन र कसो कसो गरेर टिनको बाल्टी बरु कच्याक कुचुक हुन् पुग्यो र बालबाल बचे l
त्यो घटना पछि २-४ दिन पाठशाला गईन र टाउको ,मुख र हातमा पनि गाईको लात लागेकोले पछि दुख थाल्यो l टुटुल्को उठेको रहेछ ,सिधा प्रहार पाएको भए र अप्ठ्यारो ठाउँमा लागेको भए भुतुक्कै हुने थिए होला l जीवनमा कहिले नबिर्सने घटना हो l नेपालमा हुँदा कुनै कार्यक्रम या प्रसंगबस् कुनै कुराको समुहमा अविस्मरणीय घटना या कुराको गाठो फुकाउनु पर्दा यहिँ यदाकदा सुनाउने गरेको थिए l यो कुरा सार्वजनिक रुपमा नै कलम चलाउदै संस्मरणको कोसेली स्वरुप पाठक वर्गलाई पस्किदै यसको प्रतिक्रिया पाठक वर्गले दिनु हुनेछ भन्दै पुन संस्मरणको क्रम जारी नै रहने प्रतिबद्धता सहित पूर्ण बिराम l
…………………………………….अस्तु
विजय