मैले कुनै बेर भने थे
आँफै लाई घण्टा सँग दाजे थे
आज म हेरी त्यै गर्छु
आज म दुनियाँ लाई घण्टा भन्छु ।
म घण्टा हरु सँग बस्छु
को आउछ को जान्छ थाहा हुँदैन,
को घर मा छ, को कती खेर मुन्टिन्छ पत्तै हुन्न
भात कैले पाक्छ कैले हुन्न केही पत्तो हुन्न,
म घण्टा हरु सँग राती को घण्टा काट्छु ।
साथी पनि घण्टा जस्तो छ,
काम परेपछी मात्र सम्झन्छ
खाने बेला दुनियाँ लाई खोज्दै हिड्छु,
दु:ख पर्दा बास नै मै सँग बस्छ,
के गर्नु मोरो साथी हो,
म घण्टा हरु सँग संगत गर्छु ।
म घण्टा हरु सँग काम गर्छु,
साहु को आँखा मा छारो हालेर,
फस्ल्याङ, फुस्लुङ पारेर झारा तार्ने घण्टा हरु,
घण्टा पकाएर बस्ने अल्छि घण्टाहरु सँग म १२ घण्टा काट्छु,
म घण्टा हरु सँग घण्टा पकाएर घरको चुलो बसाउछु ।
मेरो भाग्य मा नै घण्टा छ जस्तो छ,
अमेरिका आएर नि घण्टाइ भयो
न पढाई भयो न पैसो भयो,
न त त्यो मुलो हरियो पत्ता नै भयो,
बरु तेस्को चक्कर मा जिन्दगी चै घण्टा भयो
उ बेलाको उखान जस्तै भयो,
संगै का साथी हल्दार जम्दार म चै घण्टा हल्लाउने !
मलाई लाग्छ संसार घण्टाइ घण्टा ले भरिएको छ,
बाटो मा जहाँ जान्छु घण्टाइ भेट हुन्छ,
रातो बत्ती मा तिर्र घण्टा बजाउछ,
म पनि माजी आउलो ले घण्टाइ देखाइ दिन्छु ,
पार्क मा जान्छु, एउटा घण्टा संगै आएर चुरोट तान्दिन्छ ,
बाटो मा हिड्छु, अर्को घण्टा आएर उभी दिन्छ,
काम मा जान हतार हुन्छ,
एउटा घण्टा आएर हिजो जाड खाएर ओकालेको कुरो भन्न थाल्छ
घण्टाइ घण्टा ले भरिएको छ यो घण्टा संसार ।
मेरो लागि घण्टा भगवान नै हो,
मन्दिरमा बजाए मरेपछी स्वर्ग जान्छ रे
काम मा बजाए पैसो आउछ, जिउदै स्वर्ग गइन्छ,
घण्टा तिमी महान हौ,
एत्र तत्र सर्बत्र छरिएको तिमी मुल्यवान बस्तु हौ,
म तुस्छ घण्टा तिम्रो बयान गरु कसरी,
म पनि त एउटा घण्टा नै त हुँ
आफ्नै महिमा म गाउँ कसरी ?