पिउन देऊ मलाई

पिउन देऊ मलाई

जति पिउन सक्छु म

मात्न देऊ मलाई

जति मात्न सक्छु म

पिउनु मेरो जिन्दगी हो

मात्नु मेरो आस्था हो

छट्पटीका झंकारहरु

बज्न छोडेनन्

सुस्केराका पीडाहरु

दु:ख्न छोडेनन्

बर्बर जिन्दगी कहालिइरहन्छ

युगले मलाई थुकिरहन्छ

जीवन फुल्दोरहेछ ओइलाउन

मन जल्दोरहेछ बहुलाउन

भार, पहरा फोर्न सकिएन

नदी नाला छेक्न सकिएन

आफूदेखि आफैलाई

बेसहारा पाउँछु म

हुर्कीएको मन पनि

खुम्चिएको पाउँछु म

खास्किएर बाँच्नु के बाँच्नु ?

जड सँग खेल्नु के खेल्नु ?

त् य सै ले पिउन देऊ मलाई

जति पिउन सक्छु म

मात्न देऊ मलाई

जति मात्न सक्छु म ।

Editor’s Note:

The poem ‘Peuna Deu Malai’ published in this blog post is taken from ‘Arun Kinaarkaa Swarharu’, Lila Shrestha Sajal’s collection of poems published in 2009. The poem collection is available to purchase for $10 — please email us at [email protected] if you are interested to purchase a copy of the book. Poet Shrestha, originally from Dhankuta, currently resides with his family in Irving, Texas. Comments posted on this blog post will be forwarded to the poet.

Leave a Reply

Recommended Sites