विजय थापा ,वाशिंगटन डिसी
नेपालको भूकम्प पिडितहरुका लागि अमेरिकाको न्यु जर्सी राज्यमा रहेका नेपाली अमेरिकन तथा भारतीय अमेरिकन चिकित्सकहरुले सयुक्त रुपमा ५० हजार डलर उठाएका छन् l
न्यु जर्सीमा रहेको अमेरिकन नेपाल मेडिकल फाउनडेसनको पहल तथा इन्डियन अमेरिकन मेडिकल एसोसिएसनको आयोजनामा भएको कार्यक्रममा उक्त रकम उठाईएको छ l
उक्त संकलन गरिएको रकम नेपाली मुलका चिकित्सकहरुले नेपाल आफै गएर खर्च गर्ने बताएका छन् l इन्डियन अमेरिकन मेडिकल एसोसिएसनलाई बंगली सांस्कृतिक समाज तथा अन्य संगठनहरु संग सयुक्त रुपमा मिलेर आर्थिक संकलन गरेको बताएका छन l भूकम्प पिडितहरुका लागि नेपाली तथा भारतीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो l