यो पाली पनि सदा झै दशैं आयो,
अनी सदा झै सबै तिर खुशी ल्यायो
सबै को मुख मा मुस्कान ल्यायो
तर सबैलाई आएको दशैं
मेरो घर तिर चै नपसी गयो ।
दशैं ले मलाई आफ्नो नभनी,
म सँग बोल्दै नबोली पर बाट गयो ।
दशैं फेरी मेरो लागि बिरानो भयो,
दशैं ले मलाई नयाँ लुगा हाल्देन,
मेरो घर छेउ को चौरमा पिङ पनि हालेन
अनी मेरो घर मा म्या म्या गर्दै दशैं कराएन
अनी मेरो कौसी को एन्टिना चङ्गा पनि अड्केन
पोहोर जस्तै दशै ले मलाई अछुत नै बनायो
यो पाली पनि दशै ले मलाई नछोइ पर बाट नेटो काट्यो ।
मेरो निधार मा दशैं टिका बनी सझिएन,
ठुलाको अशिर्बाद बनी दशैं मेरो घाटी मा बेरिएन
अनी जमरा बनी दशैं मेरो कान मा बिजाएन
दशैं ले यो पाली मलाई आफ्नो भनेन
दशैं आफ्नै सुर मा आयो अनी आफ्नै सुर मा गयो,
मलाई दशैं ले आए पनि भनेन गए पनि भनेन,
दशैं मलाई वास्ता नै गरेन
सबैको मा आएको दशैं मेरो मा चै आएन ।
मलाई लाग्छ दशैं ले अब मलाई आफ्नो भन्दैन
३ करोड नेपाली को घरमा आउने दशैं मेरो मा आउँदैन
कि दशैं ले मलाई नेपाली नै भन्दैन
कि मलाई दशै ले आफ्नो मान्दैन
मलाई अछुत बनाउदै दशैं फेरी आयो
टाढा बाट मलाई हेरेर गयो ।
दशैं ले मलाई अतित चै याद गरायो
पिङ को रिङ्गटा याद गरायो
माझा ले काटेको हात दु:खयो
अनी मेरो कान मा म्या गर्दै दशैं करायो
अनी म बुर्लुक्क उफ्रदै टिका थाप्न हिंडेको बाटो सम्झायो
दशैं ले मलाई घर याद गरायो,
त्यो काठमाडौं को सुनसान बाटो याद गरायो
अनी मामा घर जादा मलेखु को माछा नि याद गरायो
मेरो मानस पलट मा सदै आउने दशैं
अनी मेरो मन मस्तिक मा सदै ताजा हुने दशैं
आज मलाई आफ्नो नठानी,
म सँग बोल्दै नबोली टाढा बाट फर्क्यो,
यो पाली दशैं ले मलाई नछोइ फर्क्यो ।
हुन त दशैं म सँग रिसाको पनि होला,
मैले दशैं लाई अर्को बर्ष भेट्ने बाचा गरेको थे,
त्येस्तो अर्को बर्ष कती बिते औंला मा गन्न सकिन
त्यै भएर दशैं म बाट टाढिएको होला
म निस्ठुरी ठानी दशै कुद्केको होला,
दशैं को पो कै बाध्यता छैन,
केही बिबस्ता मा बाधिएको छैन
उ बर्षै पिच्छे आउछ अनी जान्छ
मेरो त धेरै वाध्यता छ,
म उसले भनेको बेलामा उसलाई भेट्न सक्दिन
अनी मैले चहेको बेला दशैं आउँदैन,
शायद दशै र मेरो अन्तर्दोन्द छ
सब लाई आफ्नो भन्ने दशैं मलाई चै आफ्नो भन्दैन ।