तिम्रो याद आउछ।

शिर्शिरे हावा चल्दा

चराहरु चिर्रबिर गर्दा

मलाई तिम्रो याद आउछ

त्यो चिर्र्बिरमा नाचू भन्दा।

चिसो दिनमा घाम लाग्दा

कोपिला त्यो फुल बन्दा

मलाई तिम्रो याद आउछ

त्यो फूलमा भमरा बस्दा।

छंगछंग गरि खोला बग्दा

बादलका ति आकृति हेर्दा

मलाई तिम्रो याद आउछ

त्यो बादलमा एक जोडी देख्दा।

चारैतिर आफ्नो रंग फिजाई

साझको त्यो घाम डुब्दा

मलाई तिम्रो याद आउछ

तिमीमा मलाई डुब्न मन लाग्दा।

0 thoughts on “तिम्रो याद आउछ।”

Leave a Reply to MkCancel reply

Recommended Sites