न्यु योर्क ,अमेरिका ,५ असार /जुन १९ । नेपालमा भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट ठुलो धन जन को क्षति भएकोमा ३१ औ ए एन ए आयोजक समिति तथा ए एन ए संचालक समिति गहिरो दुख प्रकट गर्दछ l
प्राकृतिक प्रकोपबाट घरबार बिहिन परिवार प्रति स्थानीय निकाय ,सरकार तथा सम्पूर्णबाट ठुलो मानवीय सहयता तथा आर्थिक सहयोग पाउने छन् भन्ने विश्वास राख्दछ lयहि जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ ए एन ए सम्मेलनमा करिब १० हजार जति सहभागी हुने अनुमान गरिएको छ l ३१ औ ए एन ए सम्मेलनका प्रमुख संयोजक समिर महर्जन तथा समुह तथा संचालक समितिको निर्णय अनुसार ३१ औ ए एन ए सम्मेलन मार्फत प्रत्येक सहभागी शुल्कबाट उठेको रकमबाट नेपालको बाढी पिढितको लागि $ १ डलर (अमेरिकन डलर )प्रदान गरिने छ l
साथै ३१ औ ए एन ए सम्मेलनमा नेपालको बाढी पिढितको लागि पृथक टेबलको व्यवस्था गरिने छ र आर्थिक संकलन राहत कोष बाकस (खुत्रुके )राखिने छ lए एन ए सम्मेलनमा सहभागी हुन् आएका प्रत्येकबाट उठेको $ १ डलर तथा संकलनबाट उठेको थप रकम सहित उठाई नेपाल सरकारको सम्बन्धित निकायलाई हस्तान्तरण गरिने छ l
यसै बिच ए एन ए का आजीवन सदश्य तथा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष-अर्जुनप्रसाद मैनालीले एक हप्ताको पुरै तलब ए एन ए मार्फत दिने घोषणा गरेका छन lर ए एन ए ले यसको नेतृत्व लिने घोषणा गर्दै यस्तो मानवीय तथा आर्थिक सहयता गर्न अमेरिका भरि रहेका सम्पूर्ण दाजुभाई दिदि बहिनि ,संघ तथा संस्था तथा सबैलाई आग्रह गर्दै बिस्तृत जानकारी लिन चाहे निम्न व्यक्तिहरु संग सम्पर्क गर्न सक्नु हुनेछ l
छेवांग शेर्पालामा emailsherpalama@gmail.com, New york ,347 355 8237
विजय थापा thapamahoday@gmail.com, Virginia ,703 855 2579
समिर महर्जन samirmaharjan.ny@gmail.com, New York 347 409 1293
दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए)