आन्दोलन नै आन्दोलन बिच म नि एउटा आन्दोलन को घोषणा गर्छु,
मेरो ५ बर्ष कर्लप्प खाने अमेरिका बिरुद्ध म नि अब आन्दोलन गर्छु ।
मिठो सपना देखाएर,
भएको एउटा बाटो लाई मोडेर,
मलाई यहाँ ल्याएर अल्पत्र पार्ने तिमी अमेरिका,
तिम्रो नाम मा आज म आन्दोलन गर्छु,
शब्द मै भए पनि तिम्रो म बिरोध गर्छु,
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे !
म आफ्नै देश फर्किन्छु ।
न मलाई उता को हुन दियौ,
न त आफ्नो नै बनायौ,
म त लाहुरे भको छु, उता को ले यता को भन्छन,
यता को ले त मलाई एलियन् भन्छन,
अनी म न यता को न उता को,
आज म घर को न घाट को,
त्यै भएर आज म तिमी सँग मेरो अस्थित्व खोज्छु,
अमेरिका म तिम्रो नाम मा आज नारा लाउछु,
मलाई मेरो ५ बर्ष फिर्ता दे ।
मलाई मिठो सपना को संसार देखाएर,
यता को तितो सत्यता मा डुबाउने अमेरिका,
मलाई ठुला ठुला महल को फोटो देखाएर,
झुपडी मा बास गराउने अमेरिका,
अनी मलाई धेरै थोक दिन्छु आइज भनेर,
म सँग भको सब खोस्ने अमेरिका,
मलाई मेरो सब फिर्ता दे,
त्यो उमेर त्यो जोस त्यो जगर सब फिर्ता गर !
नत्र म तेरो बिरुद्ध राके जुलुस निकल्छु,
तेरो पुत्ला वाल स्त्रीट मा लगेर जलाउछु ।
अमेरिका मेरा ति ५ बर्ष काम को मुल्याङ्कन खै,
मैले तिम्रो भुमिमा पोखेको पसिन को मुल्य खै,
अनी मैले ज्ञान हासिल गरेका ति अर्थ हिन काम का अर्थ खै,
अमेरिका आज म तिम्रो नाम म टाएर बाल्छु !
सेतो घर को बाहिर गएर भोक हड्ताल गर्छु !
मलाई मेरो पसिना को मुल्य दे अमेरिका,
नत्र म तिम्लाई अन्त-राष्ट्रिय अदालत मा सु गर्छु ।
Author’s Note: Please read poem as poem , don’t go on reasons, causes, results of poem and make it subject of discussion
मरिहत्ते गरेर,
लाख फर्जी कागजमा मरेर
डलर र औसरका बुटा खोज्यौ
स्वदेशलाई रछान ठान्यौ
आफ्नैलाई पराइ मान्यौ
यसलाई वाध्यता ठहरायौ
अहिले किन यसरी बहुरायौ
तिम्रो अतित र भविष्य
तिम्रो हातमा छँदा
उन्मत्त भएर मात्यौ
भ्रमको पट्टि च्यतिँदा
तिम्रो रहरले उडाएका
वर्षहरू, ई.. पायौ !
कबिता लाई कबिता को रुप मा पद्नुस् न मित्र; तेस्को कारण मा ,नतिजा मा किन जानु हुन्च ? सबै मान्छे रहरले मात्र बाहिर आउदैनन , धेरैको बाध्यता पनि हुन्च । तपाईं को कबिता को प्रतिउत्तर म नी कबितामै दिन्छु ।
मलाई पनि मन थेंन मित्र,
तातो यो गर्मी मा आएर मर्न लाई ।
नत मनै थियो मित्र
यहाँ आएर चिसो हीउ सोर्न लाई ।
काम गर्न बातावरण छैन ,
सरकारी जागिर खाउ मामा मेरो सचिब हैन ,
बाउ ले घुस खाएर टन्न कमायेर राखेको छैन ,
योगेता अनुसार काम पाइन !
अनि त्यहाँ बसेर के गर्नु मित्र
यता नआइ सुखै पाइन !
ग्यास पनि १५०० सय रे
पैसा दिन्छु भन्दा पनि छैन रे
पेट्रोल र डिजेल को लागि रात् भर बास बास्ना पार्छ रे
हल्लाइ हल्ला को भर म देश् बन्द हुन्च रे,
बिहान गएको मान्छे बेलुका आउछ आउदैन पत्ता हुदैन रे ,
राम्रो लुगा राम्रो मोबाईल बोकेर नी हिंड्न हुन्न रे,
आधा बाटो गयो आधा बन्द हुन्च रे ,
पैसा नखै केइ काम हुन्न रे ,
मान्छे नचिनी , नकिनी केइ काम हुन्न रे,
काम पनि योग्येत अनुसार पाइन रे,
नेता नचिनी सरकारी काम पयिन्न्न रे,
प्राइभेट काम ले खाना बास्ना पुग्दैन रे
आनि म कसरी आउ मित्र ?
मलाई पनि मन छैन यहाँ एक छिन् बास्ना लाई
देउ मलाई आउने बाटो टिकट काट्छु भोली आउन लाई !