नेपाली साहित्य प्रतिष्ठान
उत्तर अमेरिका
अन्तर राष्ट्रिय कविता महोत्सब – २०१२ सम्बन्धि प्रतिष्ठानको औपचारिक सुचना
नेपाली साहित्य प्रतिष्ठान – उत्तर अमेरिकाले आफ्नो स्थापनाको पहिलो बर्ष देखिनै गर्दै आएको अन्तर राष्ट्रिय कविता महोत्सब यो बर्ष संयुक्त राज्य अमेरिकाको एक प्रमुख सहर डालासमा हुन् गइ रहेको छ । सधै झैँ यो बर्ष पनि ए. एन. ए. माहाअधिबेसनकै अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर राष्ट्रिय कविता महोत्सबलाई धुमधाम संग सम्पन्न गर्नको लागि बिभिन्न महादेशको प्रतिनिधित्वो हुने गरि प्रतिष्ठानको तदर्थ समितिको सदस्य श्री सुन्दर जोशीज्युको संयोजकत्वोमा एक अन्तरराष्ट्रिय कविता महोत्सब – २०१२ आयोजक समितिको गठन भै सकेको छ । यो बर्ष बिस्वभरि बाट प्राप्त कविताहरुले तिन चरणमा निर्णाएकहरुको सामना गर्नु पर्ने छ ।
यस अन्तर राष्ट्रिय कविता महोत्सबमा प्रथम, दोश्रो, र तेश्रो पुरस्कार तल उल्लेख गरिए अनुसार रहेको छ ।
प्रथम परस्कार – हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार एक हजार यू एस डलर र प्रमाण पत्र
दोश्रो पुरस्कार – शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार तिन सय यू यस डलर र प्रमाण पत्र
तेस्रो पुरस्कार – बसुन्न्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार दुइ सय यू एस डलर र प्रमाण पत्र
प्रतियोगितामा आफ्नो रचना पठाउन चाहनु हुने कबिहरुले पालना गर्नु पर्ने सर्तहरु निम्न रहेका छन्
- कबिहरुले आफ्नो कविता आफ्नो छ्यत्रको संयोजकको ठेगानामा इ-मेल मार्फत पठाउनु पर्ने छ । आफ्नो छ्यत्रको छ्यत्रिय संयोजक नभएको अवस्थामा विश्वको कुनै पनि भूभागमा रहनु भएको कबिहरुले आफ्नो कविता सिधै केन्द्रीय संयोजक र उप संयोजकको इ-मेल ठेगानामा पठाउन सक्नु हुने छ ।
- कविताको शब्द सिमा अधिकतम २०० तोकिएको छ । त्यो भन्दा बढी शब्दका कविता पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
- कबितामा कुनै पनि राजनीतिक पुर्बाग्रह र गाली गलौज छ भने, साप्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अस्लिल शब्दहरुको प्रयोग भएको छ भने त्यस्ता कविताहरु पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
- कविताको बिषय बस्तु, कविताको स्वरूप ( गध्य या छन्द ) को बारेमा कबि हरुलाई स्वतन्त्र छाडिएको छ ।
- अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउने छन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्ने छ ।
- कविताहरु कान्तिपुर, प्रिती या मंगल फोन्टमा मात्र पठाउनु पर्ने छ
- कविता नितान्त नयाँ र मौलिक हुनु पर्ने छ र कविले आफ्नो रचना संग आफ्नो छोटो परिचय र ठेगाना सहित पासपोर्ट साइजको फोटो पनि पठाउनु पर्ने छ ।
- प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा सम्प्रेषण भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।
- प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको केहि अंस या पुरा नक्कल भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।
अन्तर राष्ट्रिय कविता महोत्सब – २०१२ को आयोजक समितिको पुर्ण स्वरूप र सम्पर्क ठेगाना
प्रमुख संयोजक – सुन्दर जोशी sahityapratisthan@gmail.com,
उप संयोजक – निलम कार्की ‘निहारिका’ sahityapratisthan@gmail.com,
संयुक्त राज्य अमेरिका संयोजक – गोबर्धन पुजा goberdhan_pooja@yahoo.com
संयुक्त राज्य अमेरिका संयोजक – प्रजेश न्यौपाने pneupane@soulnooks.com
क्यानाडा संयोजक – ऋषि बस्ताकोटी sahityapratisthan@gmail.com
नेपाल संयोजक – विश्वबिमोहन श्रेष्ठ bishowbimohan@hotmail.com
भारत संयोजक – मनप्रसाद सुब्बा manprasads@gmail.com
दक्छिन यसिया संयोजक – टंक सुब्बा tankasubba@gmail.com
मध्यपूर्व संयोजक – दिप्स शाह deepssanu@gmail.com
अस्ट्रेलिया संयोजक – भीमसेन सापकोटा sahityapratisthan@gmail.com
केहि नया छ्यत्रको छ्यत्रिय संयोजक थपिने सम्भावना भएकोले एस सम्बन्धि सुचना र अन्तर राष्ट्रिय कविता महोत्सब सम्बन्धि सुचनाहरु र ताजा खबरहरु प्रतिष्ठानको फेस बुक पेज मा हेर्न सक्नु हुनेछ ।